IME Life
Beema Board

नेप्से २ हजारमाथि, ५ अर्बको कारोबार हुँदा जलविद्युत समुहमा चमक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार बढेर २ हजारमाथि उक्लिएको छ । । आज शेयर बजार नेप्से परिसूचक २७ दशलमव ७५ अंकले बढेर २,०२२ दशलमव ३५ को विन्दुमा कायम भएको छ । आज १८५ कम्पनीको शेयर मुल्य बढेको छ भने ५२ कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै उपसमुह बढेका छन् ।

आज दिनभरिमा २९५ कम्पनीको १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावरको कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, सोनापुर मिनरल्सको १६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको १६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १४ करोडमाथि शेयर कारोबार भएको छ ।

आज २१ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज ११ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने ५ कम्पनीका लगानीकर्ताले ९ दशलमव ८० प्रतिशत बढीले कमाएका छन् । त्यस्तै, पाँच कम्पनीका लगानीकर्ताले ९ दशलमव ६० प्रतिशतभन्दा बढीले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ६ दशमलव ७७ प्रशिततका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS