IME Life
Beema Board

मोबाइल बैंकिङ चलाउनेको संख्या करिब १६%ले बढ्यो, इन्टरनेट बैंकिङ प्रयोगकर्ता कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पछिल्लो १ वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता करिब १६ प्रतिशतले बढेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड २५ लाख ५ हजार ८३ पुगेको छ। अघिल्लो वर्ष कात्तिकसम्म यो संख्या १ करोड ९४ लाख ३ हजार ६८० थियो।

Prabhu
Crest

यो वर्षको कात्तिकसम्म मोबाइल बैंकिङबाट २ खर्ब १८ अर्ब ३० करोड ९० लाख रुपैयाँबराबरको भुक्तानी भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म मोबाइल बैंकिङबाट १ खर्ब ५१ अर्ब ९८ करोड ७० लाख रुपैयाँबराबरको भुक्तानी भएको थियो।

समीक्षा अवधिसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या भने ०.४७ प्रतिशतले घटेर यो वर्षको कात्तिकसम्म १७ लाख ५९ हजार १९३ मा झरेको छ। अघिल्लो वर्ष कात्तिकसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ५० हजार ९३६ थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS