IME Life
Beema Board

स्वस्तिक लघुवित्तको पातो शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्वस्तिक लघुवित्तले सप्तरीको पातो शाखा मार्फत आफना सेवाग्राही, जनसमुदाय, तथा स्थानिय जनप्रतिनिधिहरुको उपस्थितीमा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

डाक्नेश्वरी नगरपालिकाको उपमेयर मिरा देवी यादबको प्रमुख आतिथ्यमा बुधबार सम्पन्न कार्यक्रममा सोही नगरपालीकाको १ देखि १० नं। सम्मको वडाअध्यक्ष, डाक्नेश्वरी ईलाका प्रहरी कार्यालयको कार्यालय प्रमुख शिव कुमार शर्मा तथा स्वस्तिक लघुवित्तको केन्द्रीय कार्यालयबाट सिईओ धिरेन्द्र लाल कर्ण, विभागीय प्रमुख भगवानी साह र १३५ जना स्थानियहरुको उपस्थितीमा पातो शाखाले गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको जानकारी शाखा प्रमुख संजिव कुमार यादबले दिए ।

Prabhu
Crest

उक्त कार्यक्रममा यस वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतले स्वस्तिक लघुवित्तको वित्तीय अवस्था, प्रदान गरिने सेवासुविधा, सामाजिक क्षेत्रमा गर्दे आएका कार्यक्रमहरु, हालको अवस्थामा देखिएका चुनौतीहरु र भविष्यका भएका अवसरहरु बारे प्रकाश पारेका थिए भने डाक्नेश्वरी नगरपालीकाको उपमेयर मिरा देवी यादवले केही ऋणीहरुको नकारात्मक धारणाका कारण बचतकर्ता तथा लघुवित्त संस्था धरासायी भईरहेको र त्यसको प्रत्यक्ष असर सम्पुर्ण जनसमुदायमा परेको बताए ।

लघुवित्त विरुद्ध कुनै पाईला चाल्नुभन्दा पहिला विगतलाई सम्झाउदै जुन समयमा महिलालाई समाजमा कसैले विश्वास गरेका थिएननन उक्त समयमा लघुवित्तले नै विश्वास गरेको कार्यक्रमका वक्ताको भनाई छ । थोरै रकमका लागि साहुमहाजनको अगाडी हामी झुक्किरहनु परेको अवस्थामा लघुवित्त कार्यक्रमले नै हामीसँग आर्थिक कारोबारको हातेमालो गरेको कार्यक्रमका वक्ताले बताए ।

जन्म आमाबुवाले दिएपनि वित्तीय ज्ञान, तथा समाजमा आफनो विचार व्यक्त गर्ने क्षमता लघुवित्त कार्यक्रमले नै दिएको भन्दै लघुवित्त संस्थाहरुले पनि आफनो कमिकमजोरीलाई पहिचान गरी बिगत झै जनसमुदाय र लघुवित्त संस्था विचको सम्बन्ध कायम गर्न आवश्यक रहेको शाखा प्रमुख संजिव यादबले विजपाटीलाई जानकारी गराएका छन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS