IME Life
Beema Board

कात्तिकबाट रोकियो प्राथमिक शेयरको अनुमति, धितोपत्र बोर्डको पाइपलाइनमा २४ कम्पनीका आइपीओ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत कात्तिकदेखि प्राथमिक शेयर (आइपीओ) अनुमति दिएको छैन। हकप्रद शेयर जारी गर्ने अनुमति पनि असोज मध्यतिरबाट धितोपत्र बोर्डले रोकेको छ।

घटेको बजारमा धमाधम आइपीओ र हकप्रद निष्कासनको अनुमति दिएर धितोपत्र बोर्डले बजारलाई झनै प्यानिक बनाएको भन्दै लगानीकर्ताले विरोध र आलोचना भएको छ। लगानीकर्ताहरुले हाललाई आइपीओ र हकप्रद अनुमति रोक्न धितोपत्र बोर्डसँग माग गरेका थिए। धितोपत्र बोर्डले लगानीकर्ताको मागलाई सम्बोधन गर्दै हाललाई आइपीओ र हकप्रद निष्कासनको अनुमति रोकेको छ।

Prabhu
Crest

अहिले धितोपत्र बोर्डको पाइपलाइनमा २४ वटा कम्पनीको आइपीओ रहेका छन्। आइपीओको अनुमति पर्खेर बसेका कम्पनीहरुमा १२ वटा जलविद्युत समूहका छन्। त्यस्तै ६ वटा अन्य समूहका, ४ वटा उत्पादन तथा प्रशोधन समूहका र २ वटा होटल तथा पर्यटन समूहका छन्।

यी कम्पनीले कुल १० करोड ५४ लाख ५ हजार ३२१ कित्ता आइपीओ ल्याउने तयारी गरेको छ। यी कम्पनीले आइपीओ बिक्रीबाट १५ अर्ब ४१ करोड ६७ लाख ८ हजार १०० रुपैयाँ संकलन गर्नेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS