IME Life
Beema Board

मर्जर र एफपीओको कर विवादः सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मर्जर र एफपीओको कर विवादसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतलको संवैधानिक इजलाशमा सुनुवाइ हुँदैछ। प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलाशमा यो मुद्दाको सुनुवाइ हुन लागेको हो। मंसिर ६ गते सर्वोच्च अदालतले यो मुद्दालाई पूर्ण सुनुवाइका निम्ति पेस गर्ने आदेश दिएको थियो।

चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमा आएको एफपीओ र मर्जरको आयमा कर व्यवस्था बदरको माग गर्दै कृषि विकास बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकबाहेक अन्य १६ वाणिज्य बैंकले सर्वोच्च अदालतमा संयुक्त रिट दायर गरेका छन्।

Prabhu
Crest

सर्वोच्चमा ७ वटा वाणिज्य बैंकले संयुक्त रुपमा प्रिमियममा एफपीओ निष्कासन गर्दाको आयमा कर लिने व्यवस्था बदरको माग गर्दै रिट दायर गरेका छन्। मर्जर तथा प्राप्ति प्रक्रियामा गएका १५ वटा वाणिज्य बैंकले संयुक्त रुपमा मर्जरको बार्गेन पर्चेज गेनमा लगाइएको करको व्यवस्था बदरको माग गर्दै रिट दायर गरेका छन्।

यसैगरी प्रिमियममा एफपीओ निष्कासन गरेका नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले पनि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। सर्वोच्च अदालतले बैंक र इन्स्योरेन्सले दायर गरेका मुद्दालाई एकसाथ सुनुवाइ गरिरहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS