IME Life
Beema Board

धुलिखेलको सारथी होटलको कारोबार ३० प्रतिशतले बढ्यो,मनमोहक हिमाल देखिने कोठा मुख्य आकर्षण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । काभ्रेको धुलिखेलमा सञ्चालनमा रहेको चार तारे स्तरको रिसोर्ट होटल सारथी प्रालिको व्यापार झण्डै ३० प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७८।७९ मा ५ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेकोमा  गत आर्थिक वर्ष २०७९।८० मा ६ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

होटलको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आवमा ह्रासकट्टी र कर अघिको मुनाफा २८‍.३१ प्रतिशत रह्यो । अघिल्लो आवमा यो जम्मा १६.४८ प्रतिशत कायम रहेको थियो । अघिल्लो आवमा १ करोड ३० लाख रुपैयाँ खुद नोक्सानीमा रहेको होटलले व्यवसायमा सुधारसँगै गत आवमा १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

Prabhu
Crest

उत्तरतर्फको मनमोहक हिमाली दृश्य देखिने गरी बनाइएका सुविधा सम्पन्न (लक्जरी) कोठाहरु यो होटलको मुख्य आकर्षण हो । यसबाहेक ठूला सभा समारोहका लागि  ब्याङक्वेट पनि हालै सञ्चालनमा ल्याएको छ। होटलको माथिल्लो तल्लामा निलो आकाशमुनीको निलो स्वीमिङपुलको पृष्ठभूमीमा टिलिक्क टल्किने हिमालले होटलका जोकोही आगन्तुकको मन लोभ्याउँछ। धुलिखेल अन्नपूर्ण हिमाल, गणेश हिमाल र लाङटाङ हिमालको दृश्यावलकोनका लागि आन्तरिक र बाह्य पर्यटक माझ चर्चित छ।

धुलिखेलको राजमार्गभन्दा थोरै भित्र भएकाले सप्ताहन्त परिवार वा साथीभाईसँग शान्त वातावरणमा रमाइलो गर्न चाहनेहरुका लागि सारथी रिसोर्ट रोजाईमा पर्ने गरेको छ।  धुलिखेलको नाम चलेका पुराना होटलसँगको सुविधाको तुलनामा यसको शुल्क तुलनात्मकरुपमा सस्तो भएकाले पनि आन्तरिक पर्यटकको लागि आकर्षक गन्तव्य बनेको छ। धुलिखेलको यो होटल धुलिखेल बजारभन्दा २ किलोमिटर दूरीमा अवस्थित रिसोर्ट मार्गमा अवस्थित छ। यो होटलबाट नजिकैको जङगलको बीचमा अवस्थित हजार भर्‍याङ, बुद्ध स्तुपा,  डाँडामाथिको काली मन्दिर र टिकटकर बीच भाइरल बनेको चुच्चे ढुङ्गा थप आकर्षण हुन् ।

यो होटलमा हाल ५५ वटा सुविधा सम्पन्न फराकिलो कोठा छन् । यसबाहेक स्वीमिङ पुल, रेष्टुरेण्ट, टेरेस बार, फराकिलो ब्याङक्वेट हल र आकर्षक सजावट सहितको बँगै‌चा पनि यो होटलको आकर्षक पक्ष हुन्। सन् २०१९ मा यो होटल २० कोठाबाट शुरु भएकोमा क्षमता बिस्तार गर्दै ८० कोठा पुर्‍याउँदैछ। आगामी माघ सम्ममा सबै कोठा तयार भइसक्ने अपेक्षा गरिएको छ। होटलले कूल ८५ करोड २० लाख रुपैयाँ लगानीमा क्षमता बिस्तार गरिरहेको छ। ऋण रकममध्ये कूल २९.३३ प्रतिशत रकम शेयर पूँजीबाट र बाँकी रकम बै‌ंक ऋणमार्फत् जोहो गरिरहेको छ।

रेटिङ एजेन्सी केयर रेटिङका अनुसार होटलले गत वर्ष प्रति कोठा औसत ८ हजार २१६ रुपैयाँका दरले पैसा कमाएको छ। होटलको अकुपेन्सी दर(आवासीय पर्यटक आगमन) ५१ प्रतिशत रहेको थियो । ६० करोड बै‌ंक ऋण प्रयोजनका लागि होटलले रेटिङ गराएको छ। ५९ करोड रुपैयाँ दीर्घकालीन कर्जाका लागि केयर एनपि डब्बल बी माइनस र १ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि केयर एनपि फो रेटिङ पाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS