SKIP THIS

MLBL
IME Life
Beema Board

महासंघ र जेटीयूसीसीबीच असल श्रम सम्बन्ध विकासमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड यूनियन महासंघहरुको प्रतिनिधित्व गर्ने संस्था संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र बीच मंसीर २४ गते एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुवै संस्था बीच आपसी सम्बन्ध सुमधुर बनाउंदै आपसी सहयोग र सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारीपत्रमा महासंघकातर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र उपाध्यक्ष ज्योत्सना श्रेष्ठ र केन्द्रकातर्फबाट केन्द्रका अध्यक्ष विनोद श्रेष्ठ र महासचिव चिरागमान कुवंरले हस्ताक्षर गरेका थिए ।

Prabhu
Crest

रोजगारदाता र श्रमिक बीच असल श्रम सम्बन्धको विकास गर्ने, आपसी सहयोग, उत्पादकत्व वृद्धि, श्रमको सुधार एवं समग्र आर्थिक विकासमा सहकार्य गर्ने कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ ।

समझदारीपत्रमा हस्ताक्षर पश्चात संवोधन गर्दैै महासंघका अध्यक्ष ढकालले रोजगारदाता र ट्रेड यूनियन बीचको सम्बन्ध सुधारलाई आफूले निकै महत्व दिदै आएको प्रसङ्ग उल्लेख गर्दै यो सम्झौता आपसी सम्बन्ध विस्तारमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका अध्यक्ष श्रेष्ठले श्रम सम्बन्ध सुधार र मुलुकको समृद्धिका लागि रोजगारदाता र ट्रेड यूनियनले संयुक्त रुपमा मिलेर अगाडी बढने प्रक्रियाका लागि साझेदारीपत्रमा हस्ताक्षर गरिएको धारणा राखे ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS