IME Life
Beema Board

‘डिल’ देखि ‘दिल’ सम्म

SPIL
NIC ASIA

गाउँले गोठाले जीवनबाट सदरमुकाम, राजधानी र न्युयोर्कको टाइम्स स्क्वायर सम्मको उनको यात्राले सबैमा सम्भावनाको अवसर छ है भन्ने शिक्षा र सन्देश प्रवाहित गरेको छ । आज उनी जीवन र मरणको ‘डिल’ देखि जनजनको ‘दिल’ सम्म पुगेका छन् ।

हामी भन्ने गर्छौ मृत्युको मुखबाट एक सेकेण्डको फरकमा उम्केकालाई सोधे थाहा हुन्छ, जीवनको महत्व के हुन्छ ? कतिपय हामीलाई नौलो लाग्न सक्छ, केही समय अघि सम्म जिल्ला सदरमुकाम र छेवैको गाँउ बिच रहेको खाडलको विषयमा कुरा सुन्दा । सबै सरकारी निकाय र त्यसका हाकिमहरु, तिनीसँग नजिकको सम्बन्ध रहेका सदरमुकामका व्यापारी, समाजसेवी, राजनीतिज्ञ र केही जल्दाबल्दाहरुको जगजगी र गाँउबाट झरेकाहरुले भोग्नुपर्ने र झेल्नपर्ने पीडाबोध र अर्कमण्यता । पहिले सदरमुकाम बाहिरकाहरु धेरैजसो अड्डा अदालतका काम बिशेषले, बिद्यार्थीहरु वर्षेनि आयोजना हुने बिरेन्द्र शिल्ड प्रतियोगितामा भाग लिन र एसएलसीका परीक्षा केन्द्रहरु सदरमुकाममा मात्र रहने भएकोले परीक्षा दिनका लागि मात्रै पुग्ने गर्दथे । यिनै भिडहरु मध्येमा पनि केही अलौकिक प्रतिभाशालीहरु हुने गर्थे । जसले सदरमुकामको तगारोलाई नाघेर राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै आफनो साख राख्न सफल हुन्थे । त्यस्तै अप्ठ्यारा तगारोलाई नाघेर वर्तमानमा एउटा प्रतिभा हामी बिच चम्किरहेको छ, उसकै शब्द सापट लिएर भन्दा उसका पागलपनहरु गीतका रुपमा, संगीतका रुपमा र चेतनासहितका कथाहरुका रुपमा हामीबिच गुञ्जिरहेको छ, उनी अर्थात् प्रकाश सपुत ।

Prabhu
Crest

उनका कथाहरु, गीतका भावहरु र संगीतका सरगमहरुमै जिन्दगीको अर्थ खोज्नेहरुको, बाँच्नका लागी सार्थकता भेट्नेहरुको, हक र अधिकारका लागी लड्नेहरुको, भेदभाव र अत्याचार बिरुद्धमा आवाज उठाउनेहरुको ग्राफ बढ्दो छ । समाजका अवयवलाई सरल शब्दहरुमा उनेर सशक्त रुपमा पस्किने उनको कला प्रति कसले ईख (Ego) नराख्ला र ? यो उचाई सम्म पुग्नका लागि पूर्णिमाका रातहरुमा उनले गनेका ताराहरुको संख्या र औंसीका रातहरुमा उनले चुहाएका आँशुहरुको खहरेसँग शायदै कोही वाकिफ होला । कि उनलाई थाहा होला, कि त उनको मनलाई थाहा होला । गाँउघरमा व्याप्त भेदभाव, दुःखजिलोमा चलिरहेको जीवन, चिनजान र पहँुच बिनाको रहर वा प्रतिभा, साधन र स्रोतको अभाव, मात्र सपनाहरुको साथ र विश्वास । गाँउघरको तगारो छिचोल्नै उनलाई निकै हम्मे प¥यो ।

सदरमुकाम सम्मको यात्रा तय गर्न उनले निकै समय खर्चिए, जुन सामान्य नै थियो । सदरमुकाम पसिसके पछि भने उनले आफनो प्रतिभाका लागी गतिलो मञ्च भेटे । बागलुङ सदरमुकाममा स्थानीय धौलागिरी एफएम स्टेशनसंगको साइनोले उनलाई सिर्जनशील रहिरहन सघायो । स्वप्नशील त उनी छदैं थिए । बजारियाहरुको संगतले उनलाई व्यवसायका केही गणहरु पनि सिकायो । एफएमको पहुँचका कारणले उनी नेरोघेरोमा परिचित हुन थाले । आत्माविश्वासको पारो चढ्दै गएपछि भने उनी राजधानी हानिए । राजधानी सजिलो थिएन र आज पर्यन्त पनि छैन । र अर्को सत्य भनेको उनी जस्तै प्रतिभाशाली प्रतिभाहरु मैदानमा अविराम संर्घषरत थिए । केही समय उनले आफ्ना सरगमहरुलाई बिसाएर जीवन जिउनका लागि अन्तै मोडिन पर्ने भयो र टेक्ने टेको, अडिने आडका लागी दूःखजिलो गर्दै दोहोरी साँझको शरणमा पुगे । दोहोरीको सानोतिनो कमाईबाट जोगाएर केही गीतहरु पनि उनले पस्किदै गए, हुन त २१ वर्षको उमेरमै सन् २०११ मै उनले ‘गरिखान देउ’ भन्ने एल्बम प्रकाशित गरिसकेका थिए ।

‘बोल माया’ गीतले पाएको अपार सफलताले उनलाई रातारात चर्चाको शिखरमा पुर्याईदियो । तर, बिडम्बना शिखरको न्यानो महशुस गर्न नपाउँदै कोभिड-१९ ले छोपिहाल्यो । दशकौंको तपस्यापछि भर्खर प्राप्त सफलतामा पनि कालो बादल मडारिए पछि उनको धैर्यताको बाँध टुट्दै जान थाल्यो ।

अवसरहरुको उपयोगमा उनले कनै कन्जुस्याई गरिरहेका थिएनन् । प्रयोगवादी चित्तका कारण उनले आफुले पस्किने प्रस्तुतिहरुमा नयाँ-नयाँ शैलीहरुलाई प्रयोग गर्दै थिए । सन् २०१८ उनका लागि स्वर्णिम वर्ष भएर आइदियो । ‘बोल माया’ गीतले पाएको अपार सफलताले उनलाई रातारात चर्चाको शिखरमा पु¥याईदियो । तर, बिडम्बना शिखरको न्यानो महशुस गर्न नपाउँदै कोभिड-१९ ले छोपिहाल्यो । उनी असमञ्जसमा परे, उनी मात्र नै होइन, सिंगो विश्व नै त्रसित थियो । दशकौंको तपस्यापछि भर्खर प्राप्त सफलतामा पनि कालो बादल मडारिए पछि उनको धैर्यताको बाँध टुट्दै जान थाल्यो । कोभिडको प्रकोपले रौद्र रुप धारण गर्दै लाखौं मानिसहरुलाई कालको मुखमा धकेलिरहँदा उनमा मानसिक तनावले जरो गाड्न थाल्यो । कोभिडको आयु बढ्दै जाँदा मानिसहरुको आयु घट्दै गइरहेको थियो । लामो समय सरगम र सार्थक बन्नै लागेको सपनाबाट टाढा हुनुपर्दा उनलाई जीवन निराश र गन्तव्यविहिन लाग्न थालिसकेको थियो । उनका सामाजिक सञ्जालका विचारहरु पढ्दा जीवन र मरणको ‘डिल’ तिर मन डुलाइरहेका हुन् कि भन्ने सम्मको आभास मिल्थ्यो । तर, उनी सम्हालिए, अझै सँगालिए र झनै सर्मपित भएर फर्किए ।

कोभिडकाल पछिका उनका हरेक सिर्जनाहरुले देश विदेशमा हरेक नेपालीहरुको मन र मस्तिष्कमा डेरा जमाउन सकेको छ । उनका प्रस्तुतिहरुले प्रशंसा सँगसँगै कहिलेकसो विवाद पनि निम्त्याउने गर्दछ । किनकी उनी प्रश्न सोध्छन्, सत्य ओकल्छन्, समाज र मानिसलाई ऐना देखाउने गर्छन्, जो कसैकसैका लागी पाच्य हुँदैनन् । गाउँले गोठाले जीवनबाट सदरमुकाम, राजधानी र न्युयोर्कको टाइम्स स्क्वायर सम्मको उनको यात्राले सबैमा सम्भावनाको अवसर छ है भन्ने शिक्षा प्रवाहित गरेको छ । आज उनी जीवन र मरणको ‘डिल’ देखि जनजनको ‘दिल’ सम्म पुगेका छन् । उनले आज सम्म पछाडि फर्केर हेर्न परेको छैन ।

(शेरचनको ब्लगबाट साभार गरिएको )

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

अशोक शेरचन
Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS