SKIP THIS

MLBL
IME Life
Beema Board

मौद्रिक समीक्षा सन्तुलित, अब शेयर बजारले लय समात्ने आशा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजारका लगानीकर्ताले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत शेयर धितो कर्जाको सीमा घट्ने आशा गरेका थिए। तर, समीक्षाले शेयर धितो कर्जाको सीमाका विषयमा केही पनि सम्बोधन गरेन।

करिब साढे दुई वर्षअघि राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत शेयर धितो कर्जामा ४–१२ करोड रुपैयाँको सीमा तोकेको थियो। त्यसपछि बजार निरन्तर ओरालो लागेको थियो। पछि राष्ट्र बैंकले शेयर धितो कर्जामा १२ करोड रुपैयाँको मात्रै सीमा तोक्यो। यसमा पनि लगानीकर्ताहरु सन्तुष्ट हुन सकेनन् र बजारले पनि गति लिन सकेन।

Prabhu
Crest

केही समयअघि राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै शेयर धितो कर्जाको सीमा व्यक्तिको हकमा १५ करोड रुपैयाँ र संस्थाको हकमा २० करोड रुपैयाँ पुर्याएको छ।

मौद्रिक समीक्षामार्फत शेयर धितो कर्जाको सीमा हटाउनुपर्ने, जोखिमभार १०० प्रतिशतमा झार्नुपर्ने र ब्याजदर घटाउनुपर्ने लगानीकर्ताहरुको माग थियो। राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत ५० लाख रुपैयाँभन्दा माथि शेयर कर्जामा जोखिमभार घटाएर १२५ प्रतिशत कायम गरेको छ। यसअघि ५० लाखसम्मको कर्जामा १०० प्रतिशत र ५० लाखभन्दा माथिको कर्जामा १५० प्रतिशत जोखिमभार थियो।

त्यसैगरी राष्ट्र बैंकले समीक्षामार्फत नीतिगत दरहरु घटाएको छ। यसले बैंक ब्याजदर घट्नेछ।

राष्ट्र बैंकले समीक्षामार्फत शेयर धितो कर्जाको हालको व्यवस्थामा भने कुनै पनि फेरबदल गरेन।

शेयर लगानीकर्ताहरुले मौद्रिक समीक्षा सन्तुलित रहेको बताएका छन्। उनीहरुले आजको समीक्षाले राष्ट्र बैंक लचिलो हुँदै जाने अपेक्षा गर्न सकिने पनि बताएका छन्।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले समीक्षा पूर्ण रुपमा सकारात्मक नभए पनि सन्तुलित भने आएको बताए। ‘हामीले शेयर धितो कर्जाको सीमा हटाउनुपर्छ र कर्जाको जोखिमभार १०० प्रतिशत झार्नुपर्छ भन्ने माग गरेका थियौँ’, इन्स्योरेन्स खबरसँग ढकालले भने, ‘शेयर धितो कर्जाको सीमा हटेन तर ५० लाखभन्दा माथिको कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारिएको छ। त्यसैले हाम्रा माग पूर्ण रुपमा सम्बोधन हुन सकेन।’
राष्ट्र बैंकले नीतिगत दरहरु घटाएका कारण ब्याजदर घट्ने भएकोले अब कर्जा पनि विस्तार हुने अपेक्षा गर्न सकिने ढकालको भनाइ छ। ‘त्यसैले मौद्रिक समीक्षा सन्तुलित आएको छ। यसले पुँजीबजार बढाउन सहयोग पुग्ने देखिन्छ’, उनले भने।

राष्ट्र बैंक पछिल्लो समय लचिलो बन्दै गएकोले अब मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाबाट शेयर धितो कर्जाको सीमा हट्ने र जोखिमभार पनि १०० प्रतिशत आउन सक्ने अपेक्षा गर्न सकिने पनि ढकालले बताए। ‘त्यसैले शेयर बजार अब विस्तार आफ्नो लयमा फर्किनेमा दुईमत छैन’, उनले भने।

पुराना लगानीकर्ता सन्तोष बानियाँ समीक्षा लगानीकर्ताले आशा गरेअनुरुप नआए पनि राष्ट्र बैंक लचिलो बन्दै गएको भने प्रस्ट बुझ्न सकिने बताउँछन्। ‘शेयर धितो कर्जामा सीमा तोकिनुहुँदैन भन्ने लगानीकर्ताको माग थियो, त्यो समीक्षाले सम्बोधन गरेन’, उनले भने, ‘जोखिमभार पनि १०० प्रतिशत झारिनुपर्छ भन्ने थियो, त्यसमा केही संशोधन गर्दै १२५ प्रतिशतमा झारिएको छ। यसले राष्ट्र बैंक लचिलो बन्दै गएको भन्न सकिन्छ।’

राष्ट्र बैंकले नीतिगत दरहरु घटाएका कारण ब्याजदर पनि घट्ने र यसको सकारात्मक प्रभाव शेयर बजारमा पर्ने बानियाँको ठहर छ। ‘समीक्षा समग्र अर्थतन्त्रका लागि ठीकै आएको छ, अर्थतन्त्र चलायमान भएसँगै शेयर बजारले पनि गति लिने अपेक्षा गर्न सकिन्छ’, उनले भने।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS