SKIP THIS

MLBL
IME Life
Beema Board

हिमालयन लाइफ इन्स्योरेन्सले दार्चुला र बैतडी जिल्लामा वितरण गर्यो न्यानो कपडा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालय लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दार्चुला जिल्लाको महाकाली नगरपालिका र बैतडी जिल्लाको दशरथचन्द नगरपालिकामा विपन्न, असाय, एकल महिला तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा (ज्याकेट) वितरण गरेको छ।

महाकाली नगरपालिकाका नगर प्रमुख नरसिङ चैसिरको प्रमुख आतिथ्य र कम्पनीको जोनल हेड नबिन थापाको विशिष्ट आतिथ्य र प्रदेश प्रमुख रामबहादुर शाही, उपप्रदेश प्रमुख टेकराज आचार्यको उपस्थितिमा मंसिर १९ गते १०० पिस ज्याकेट वितरण गरिएको थियो भने मंसिर २० गते बैतडीको गोठालापानीमा दशरथचन्द नगरपालिकाको वडा नं. २ का वडाध्यक्षको उपस्थितिमा विपन्न तथा लक्षित समुदायलाई १०० पिस ज्याकेट वितरण गरिएको छ ।

Prabhu
Crest

संस्थागत रुपमा गरिएको यो परोपकारी कार्यक्रमले निकै सकारात्मक सन्देश र लक्षित समुदायलाई राहत प्राप्त भएकोप्रति स्थानीय सरकार र सरोकारवाला समुदायले निकै खुसी व्यक्त गरेका छन्।

त्यस्तै कम्पनीले डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकाको तुफानडाँडा र बाजुरा जिल्लाको मार्तडी बडिमालिका नगरपालिकामा यही मंसिर २३ गते १०० र १०० पिस ज्याकेट वितरण गर्ने कार्यक्रम रहेको कम्पनीका उपप्रदेश प्रमुख टेकराज आचार्यले जानकारी दिए। बीमा जनचेतनाका लागि नेपाल बीमा प्राधिकरणले तोकेको पहाडी जिल्ला बैतडी, डडेलधुरा र बाजुरामा हरेक महिना जनचेतना कार्यक्रमसमेत गाउँ–गाउँमा गएर गर्ने गरेको उनले बताए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS