IME Life
Beema Board

आइपीओको प्रिमियमबाट आइएमई लाइफले बोनस बाँड्न पाउने, यसकारण सिटिजन, रिलायबल र सन नेपालले नपाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रिमियममा आइपीओ जारी गरेका ४ वटा जीवन बीमा कम्पनीमध्ये आइएमई लाइफ इन्स्योरेन्सले मात्रै प्रिमियमको रकमबाट आर्थिक वर्ष २०७९/८० का लागि बोनस शेयर वितरण गर्न पाउने भएको छ। रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सले भने प्रिमियमको रकमबाट उक्त आर्थिक वर्षका लागि बोनस शेयर वितरण गर्न नपाउने भएका छन्।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलका अनुसार तोकिएको चुक्तापुँजी पुर्याउन यी ४ वटै कम्पनीले प्रिमियममा उठाएको रकमबाट बोनस शेयर वितरण गर्न पाउँछन्। ‘तर २०७९/८० असार मसान्तसम्म आइएमई लाइफको आइपीओ बाँडफाँड भएर प्रिमियमको रकम खातामा गइसकेको छ’, पौडेलले भने, ‘तर, अन्य ३ कम्पनीको आइपीओ आर्थिक वर्ष २०८०/८१ मा बाँडफाँड भएकोले आर्थिक वर्ष २०७९/८० का लागि प्रिमियममा उठेको रकमबाट बोनस शेयर वितरण गर्न पाउँदैनन्। किनकि उनीहरुको खातामा उक्त पैसा गइसकेको छैन।’

Prabhu
Crest

आइएमई लाइफको हालको चुक्तापुँजी ४ अर्ब रुपैयाँ रहेको छ। तोकिएको चुक्तापुँजी पुर्याउन कम्पनीलाई अझै २५ प्रतिशत रकम जुटाउन आवश्यक छ। यो कम्पनीले आइपीओ बिक्रीबाट १ अर्ब ५६ करोड ७ लाख ७४ हजार रुपैयाँ संकलन गरेको छ। जसअनुसार कम्पनीको ३९.०२ प्रतिशत बोनस शेयर बाँड्न सक्ने क्षमता छ। ‘चुक्तापुँजी पुर्याएर बाँकी रकम आइएमई लाइफले रिजर्भका रुपमा राख्नुपर्छ ’, प्रवक्ता पौडेलले भने।

यसैगरी रिलायबल नेपाल लाइफले आइपीओ बिक्रीबाट १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ प्रिमियम रकम संकलन गरेको छ। यो हिसाबले यो कम्पनीसँग ४४.७५ प्रतिशत बोनस वितरण गर्ने क्षमता रहेको छ। यो कम्पनीको चुक्तापुँजी पनि ४ अर्ब रुपैयाँ रहेको छ। प्राधिकरणले तोकेको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउन यसले पनि १ अर्ब रुपैयाँ जुटाउनुपर्नेछ।

उता सिटिजन लाइफको चुक्तापुँजी ३ अर्ब ७५ करोड रुपैयाँ र सन नेपाल लाइफको ३ अर्ब २० करोड रुपैयाँ रहेको छ। यी दुवै कम्पनीलाई चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउन क्रमशः १ अर्ब २५ करोड रुपैयाँ र १ अर्ब ८० करोड रुपैयाँ पुँजी जुटाउन आवश्यक देखिन्छ।

सिटिजन लाइफले आइपीओको प्रिमियमबाट १ अर्ब ५३ करोड ९० लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब २६ करोड ७६ लाख ८० हजार रुपैयाँ जुटाएको छ।

आर्थिक वर्ष २०७९/८० मा प्रिमियमबाट उठेको रकम बोनस शेयरका रुपमा वितरण गर्न नपाए पनि आर्थिक वर्ष २०८०/८१ मा भने बोनस शेयरका रुपमा वितरण गर्न पाउने प्रवक्ता पौडेल बताउँछन्। ‘हाललाई ती ३ कम्पनीले प्रिमियममा उठाएको रकम रिजर्भमा राख्नुपर्ने हुन्छ’, उनले भने।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

37%

खुसी

17%

दु :खी

20%

अचम्मित

24%

उत्साहित

2%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS