Connect IPS
IME Life
Beema Board

लगातार तेस्रो दिन भारतीय शेयर बजारले बनायो नयाँ हाई, झुम्मिए विदेशी लगानीकर्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौ । भारतीय शेयर बजारले लगातार तेस्रो दिन बुधबार पनि नयाँ अल टाइम हाई बनाएको छ।

आज सेन्सेक्स बढेर ६९७४४.६२ को विन्दुमा बन्द भएको छ। निफ्टीले २०९६१.९५ को स्तरमा पुगेको छ। सेन्सेक्स र निफ्टीले नयाँ उचाइ बनाएको हो।

Prabhu
Crest

हिजो मंगलबार भारतीय शेयर बजारले नयाँ कीर्तिमान कायम गरेको थियो। सेन्सेक्स बढेर ६९२९६ को स्तरमा र निफ्टी २०८५५ को स्तरमा बन्द भएको थियो।

आज सेन्सेक्स ३५७ अंकले र निफ्टी ८२ अंकले बढेको छ। सेन्सेक्सका ३० स्टकमध्ये २० बढेका छन् र १० मात्र घटेका छन्। आज अटो र मेटलको शेयरभाउ उछाल आएको छ।

भारतीय शेयर बजारमा विदेशी संस्थागत लगानीकर्ता (एफआईआई)ले खरिददारी बढाउँदै गएका छन्। यो महिनामात्र ३ सेसनमा कुल भारु ८८ अर्ब ८८ करोड ३३ लाखको खरिद गरेका छन्।

मोर्गन स्टेनली इन्डियाका एमडी रिधम देसाईले आगामी ४ वर्षसम्म भारतीय शेयर बजार वार्षिक २० प्रतिशतले बढ्ने अनुमान गरिएको बताउँछन्। –एजेन्सीको सहयोगमा

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS