SKIP THIS

MLBL
IME Life
Beema Board

शेयर बजारमा सामान्य सुधार, घट्यो कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजारमा आज झिनो सुधार आएको छ।

नेप्से परिसूचक आज ३.३३ अंकले बढेर १८४१.०४ को विन्दुमा बन्द भएको छ। झिनो अंकले बढेको बजारमा आज कारोबार भने हिजोको तुलनामा घटेर १ अर्ब १४ करोड रुपैयाँमा सीमित बनेको छ।

Prabhu
Crest

सामान्य बढेको बजारमा आज १२१ कम्पनीको शेयरभाउ बढेको छ। १०६ कम्पनीको शेयरभाउ घट्दा १३ वटाको स्थिर रहेको छ।

आज २९३ कम्पनीका ३७ लाख ५५ हजार १२४ कित्ता शेयर १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२.७८ रुपैयाँमा किनबेच भएका छन्। यो दिन रिलायबल नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ७ करोड ३४ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

यस्तै दोस्रो उच्च कारोबारमा गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। यो कम्पनीको पनि ७ करोड ३० लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

आज ग्लोबल आइएमई लघुवित्तका शेयरधनीहरु मालामाल भए। यो लघुवित्तको शेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको छ। विजय लघुवित्तको शेयरभाउ पनि ८ प्रतिशत बढीले उकालो लागेको छ।

आज सिंगटी हाइड्रोका शेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको शेयरभाउ ९ प्रतिशतले बढीले ओरालो लागेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS