SKIP THIS

MLBL
IME Life
Beema Board

वाणिज्य बैंकमध्ये १० वटाको शेयरभाउ रु. २०० भन्दा तल, अरुको कति ? लगानी गर्ने उपयुक्त समय हो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विभिन्न नीतिगत व्यवस्थाका कारण शेयर बजार पछिल्लो २ वर्षभन्दा बढी समयदेखि सुस्त बनेको छ। हालसम्म उच्च विन्दु ३२०० बाट खसेको बजार केही दिनयता १८०० भन्दा माथि चलिरहेको छ।

राष्ट्र बैंकले कर्जामा लगाएको सीमा, कर्जाको जोखिमभारको व्यवस्थालगायतले शेयर बजार प्रभावित बनेको छ। अर्कोतर्फ पछिल्लो समय नेपाल धितोपत्र बोर्डले जथाभावी रुपमा प्रिमियममा आइपीओ ल्याउन दिने र हकप्रद शेयर निष्कासनको अनुमति दिनुले पनि बजार निकै प्रभावित बनेको बजार जानकारहरु बताउँछन्।

Prabhu
Crest

राष्ट्र बैंकले यो साताभित्र चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। सोही समीक्षामार्फत शेयर बजारलाई कस्ने नीतिगत व्यवस्थामा हट्ने वा परिमार्जन हुनेमा शेयर लगानीकर्ताहरु आशावादी छन्।

त्यसो त केही बजार जानकारहरुले यतिबेला लगानी गर्ने उपयुक्त समय रहेको पनि बताउँदै आएका छन्। दीर्घकालीन लगानीलाई बैंकिङ सेक्टर उपयुक्त रहेको उनीहरुको ठम्याइ छ। किनकि बैंकिङ सेक्टर नचलेसम्म शेयर बजारमा बुल नआउने उनीहरुको तर्क छ।

पछिल्लो समय वाणिज्य बैंकहरुको शेयरभाउ निकै तल आएको छ। हिजो मंगलबारको अन्तिम कारोबार मूल्यअनुसार नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकहरुमध्ये १० वटाको शेयरभाउ प्रतिकित्ता २०० रुपैयाँभन्दा तल रहेको छ। २०० रुपैयाँभन्दा तल शेयरभाउ हुने बैंकहरुमा हिमालयन, एनएमबी, ग्लोबल आइएमई, प्राइम, माछापुच्छ्रे, लक्ष्मी सनराइज, नेपाल इन्भेस्टमेन्ट मेगा, सिजिटन्स, प्रभु र कुमारी बैंक छन्।

यसैगरी प्रतिकित्ता ३०० रुपैयाँभन्दा कम शेयरभाउ भएका ५ वटा वाणिज्य बैंकहरु छन्। जसमा नेपाल एसबीआई, कृषि विकास, नेपाल बैंक, सानिमा र सिद्धार्थ बैंक छन्।

दोस्रो बजारमा सबैभन्दा धेरै शेयरभाउ भएको वाणिज्य बैंकमा स्ट्यान्डर्ड चार्टर्ड रहेको छ। यो बैंकको शेयरभाउ ५०७ रुपैयाँ रहेको छ। त्यसपछि नबिलको ५०२.१० रुपैयाँ, एनआईसी एसियाको ४९८.९ रुपैयाँ र एभरेस्टको ४७० रुपैयाँ रहेको छ।

मंगलबारको अन्तिम कारोबार मूल्य

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS