SKIP THIS

MLBL
IME Life
Beema Board

नेपाल इन्स्योरेन्सको सञ्चालक समितिमा एशियन लाइफको नेतृत्व गर्दै मास्के नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एशियन लाइफको सञ्चालक समितिको पूर्व सदस्य सजल मास्के नेपाल इन्स्योरेन्सको सञ्चालक समिति सदस्य पदमा नियुक्त भएकी छिन् । इन्स्योरेन्सको सञ्चालक समितिको म‌ंगलबार बसेको बैठकले एशियन लाइफ इन्स्योरेन्सको तर्फबाट मास्केलाई सदस्य पदमा नियुक्त गरेको हो ।

आइएमई समूहको प्रतिनिधित्व गर्दै आएका दिवाकर पाैडेलको सञ्चालक समितिबाट बिदाई सँगै सञ्चालकमा एक पद रिक्त रहेको थियो । आइएमई समूहले विनिवेश गर्दै आफ्नो शेयर बिक्री गरेपछि एशियन लाइफ इन्स्योरेन्स १५ प्रतिशत स‌ंस्थापक शेयर खरिद गरेर निर्जीवन बीमा व्यवसायमा समेत प्रवेश गरेको थियो । एशियन लाइफले २१ लाख ५७ हजार ६१५ कित्ता शेयर खरिद गरेको थियो ।

Prabhu
Crest

नेपाल इन्स्योरेन्सको सञ्चालक पदमा नियुक्त हुनु अघि मास्के एशियन लाइफ इन्स्योरेन्समा २०७८ साउन ३१ गतेदेखि सञ्चालक रहेकी थिइन् । उनले म‌ंसिर १८ गते एशियन लाइफको सञ्चालक समिति पदबाट राजीनामा दिएकी हुन् ।

नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले आउँदो पुस १३ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सञ्चालक समितिले गत वर्षको नाफाबाट १० प्रतिशत बोनश शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । बोन शेयर पूँजीकृत भएपछि पनि चुक्ता पुँजी १ अर्ब ६४ करोड ४१ लाख रुपैयाँ पुग्नेछ । प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन कम्पनीलाई अझै ८५ करोड भन्दा बढी चुक्ता पुँजीको अभाव रहेको छ । कम्पनीको योजना अनुसार जग्गा र संस्थापक शेयर बिक्री भइ नसकेको हुँदा हकप्रद शेयर जारी नगरिकन कम्पनीले तोकिएको चुक्ता पुँजी पुर्याउन सक्ने देखिंदैन । कम्पनीले अन्य स्रोतबाट पुँजी वृद्धि गर्न सकेन भने झन्डै ५० प्रतिशत हकप्रद निष्काशन गर्नुपर्ने हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS