IME Life

नेपालमा जेष्ठ नागरिकको हितमा सामाजिक सुरक्षाको अवस्था र बीमाको भूमिका : सुदर्शन बस्नेतको लेख

SPIL
Sanima Reliance
GBIME

समयको चक्रसँगै हरेक जीव जीवात्म बूढो र निर्जीवन वस्तुहरु पुरानो हुँदै जान्छन्। यो प्राकृतिक नियम हो। यसरी नै मानिस समय परिर्वतनसँगै जीवनको उत्तराद्र्ध अवस्थासँगै मानिसको अन्त्य भएको हुन्छ। जीवनको एक शाश्वत नियम नै रहेको हुन्छ। हरेक मानिसले कुनै न कुनै समय ज्येष्ठ नागरिक बन्नै पर्दछ। ज्येष्ठ नागरिकमा भएको ज्ञान, सीप, अनुभव, भोगाइ आदि हाम्रा समाजका लागि मार्गदर्शक र अमूल्य सम्पत्ति हुन्। जुन मुलुकका गहना पनि हुन्। जसको उचित उपयोग व्यक्ति, परिवार, समाज र राष्ट्रले बुझ्नु जरुरी छ। उमेरले पाका मानिस साँच्चै प्रज्ञा हुन्। यी हाम्रा समाजका जीउँदा इतिहास पनि हुन्। त्यसैले त भनिन्छ, जुन मुलुकमा ज्येष्ठ नागरिको सम्मान गरिन्छ, त्यो मुलुक सभ्य कलिन्छ। यो जीवनको अत्यान्तै संवेदनशील र जाखिम पूर्ण चरण पनि हो। प्राकृतिक नियम अनुसार ज्येष्ठ अवस्थामा शारीरिक तथा मानसिक अवस्थासँगै स्वाथ्यमा देखिने समस्या, परिवार, समाजबाट पाउने फरक व्यवहार यस अवस्थाका स्वभाविक तर संवेदनशील हाम्रा लागि चुनौतीका विषयहरु हुन्। जसको उचित समाधान र व्यवस्थापन गर्नु हरेक ज्येष्ठ नागरिकको अधिकार र चाहना पनि हुन्। यसर्थ यिनै नागरिकले देखाएको मार्गदर्शनका आधारमा परिवार समाज र सिंगो राष्ट्र नै चलिरहेको हुन्छ।

यति महत्व हुँदाहुँदै आज हाम्रो राष्ट्रमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा किन फरक व्यवहार हुने गर्दछ भन्ने कुराको बहस गर्नु जरुरी देखिन्छ। ज्येष्ठ नागरिक हाम्रा निधि भए पनि आज किन व्यक्तिगत, पारिवारिक, सामाजिक, आर्थिक विभिन्न किसिमबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा समस्या भोगिरहेका छन्। जुन निकै दुःखद् कुरा हो। यस्ता समस्याबाट समाधान गर्दै खुशी र उज्याला ज्येष्ठ नागरिकको उपस्थिति रहेको सभ्य, सुंस्कृति, सुसुजित र पूर्ण समाजको स्थापना गर्नु आजको कर्तव्य हो।

Crest

विश्वमा प्रत्येक २ सेकेन्डमा ६० वर्षका ज्येष्ठ नागरिक प्रवेश गर्ने तथ्यांक रहेको छ। हाल विश्वमा ९० करोडको हाराहारीमा ज्येष्ठ नागरिक रहेको आँकडा रहेको छ भने नेपालको जनगणना २०७८ मा २९,७७,३१८ (१०.२१%) ज्येष्ठ नागरिक जनंसख्या रहेको छ। नेपालको जनसंख्या ०.९२% वृद्धिदर रहे पनि ज्येष्ठ नागरिकको वृद्धिदर ३.१% रहेको देखिन्छ। यसमा पुरुषभन्दा महिलाको संख्या बढी रहेको छ। नेपालको सविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनिएको छ । राज्यका नीतिहरु धारा ५१ (ञ) मा समेटिएको छ भने संविधानको अधिकारको सूची (८) मा स्थानीय तहको एकल अधिकार सूचीको (१६) मा ज्येष्ठ नागरिको विषयमा समावेश गरिएको छ। त्यस्तै २०६३ सालमा जारी भएको ज्येष्ठ नागरिकसम्बन्धी ऐनमा ज्येष्ठ नागरिक भन्नाले ६० वर्ष उमेर पूरा गरिएका सबै नागरिक हुन् भनी परिभाषित गरिएको छ। तर, हालको विद्यमान ज्येष्ठ नागरिक ऐनले चाहिँ ७० वर्ष उमेर नपुगेकालाई सामान्य ज्येष्ठ नागरिक र ७० वर्ष उमेर पूरा गरेकोलाई वरिष्ठ ज्येष्ठ नागरिकका रुपमा परिभाषित गरिएको छ। त्यस्तै असाहय, अशक्त र एकलका आधारमा पनि ज्येष्ठ नागरिकलाई वर्गीकरण गरिएको छ।

सामाजिक सुरक्षा

सामान्यतया सामाजिक सुरक्षा सर्वसाधारणलाई सार्वजनिक कोषबाट प्रदान गरिने आर्थिक सुरक्षा हो। सामाजिक सुरक्षा योजना एक किसिमको आर्थिक तथा सामाजिक सुरक्षा हो। त्यस्तै सामाजिक सरुक्षा योजना एक किसिमको संरक्षण योजना हो। जसको उद्देश्य कल्याणकारी योजनामार्फत आर्थिक सुरक्षामा प्रत्येकको सुनिश्चता गर्नु हो। सामाजिक सुरक्षा कार्यक्रमलाई संरक्षणात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक र स्पान्तरणमुखी गरी ४ प्रकारमा वर्गीकरण गरिएको छ। साथै सामाजिक सुरक्षाका विधिहरु सामाजिक सहायता, सामाजिक बीमा आभारभूत सेवा र संरक्षणात्मक कानुन तथा नीतिहरु रहेका छन। नेपालमा सामाजिक सुरक्षा नागरिकका मौलिक हकमो रुपमा स्थापित भएको छ। नेपालको संविधानको धारा ३४ को (२) र धारा ४३ मा सामाजिक सुरक्षासम्बन्धी मौलिक हकमा व्यवस्था गरिएको छ। स्वास्थ्य बीमा ऐन, २०७४, सामाजिक सुरक्षा ऐन २०७५, निबृत्तिभरण कोष ऐन २०७५ ,कर्मचारी सञ्चय कोष ऐन २०१९ र नागरिक लागानी कोष ऐन २०४७ ले सामाजिक सुरक्षाको कानुनी र संस्थागत आधार प्रदान गरिएको छ भने यसबाहेक आयकर ऐन २०५८ ले अवकाश कोषको व्यवस्था गरेको छ भने वार्षिक बजेटका माध्यमबाट नेपाल सरकारले विपन्न, असाहय, अशक्त, एकल महिला, बालबालिका, ज्येष्ठ नागरिक आदिलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै आएको छ। हाल नेपालमा विभिन्न क्षेत्रलाई सम्बोधन गर्ने ९० वटा नीति जारी भए पनि आजसम्म ज्येष्ठ नागरिकसम्बन्धी नीति घोषण भएको छैन। नेपाल सरकारले सामाजिक सुरक्षा योजनामा बजेट खर्चको औसत १३ प्रतिशत र कुल ग्राहस्र्थ उत्पादनमा सरदर ४% खर्च गर्ने व्यवस्था गरेको छ। नेपालमा सामाजिक सुरक्षाको व्ययभार जनसंख्या बढेसँगै बढ्दै गइरहेको छ। यसरी यहस् तथ्यांकलाई आधार मान्दै लोककल्याणकारी राज्यको उद्देश्य प्राप्तिका लागि कोखदेखि शोकसम्म भन्ने नाराका साथ गर्भावस्थादेखि मृत्युसंस्कारसम्म जीवनचक्रका सबै चरणमा सामाजिक सुरक्षा प्रत्याभूति गरिने सरकारको नीतिमा पनि उल्लेख छ।
नेपालमा ज्येष्ठ नागरिकलाई समेटिएका सामाजिक सुरक्षाका कार्यक्रम तथा नीतिहरु

  • ज्येष्ठ नागरिकलाई मासिक रु.४०००।– भत्ता सुविधा
  • ज्येष्ठ नागरिक दलित ६० बर्ष माथिको नागरिकलाई मासिक २६६०।–
  • एकल महिला, विधवा र ज्येष्ठ नागरिकलाई मासिक रु. २६६०।–
  • ज्येष्ठ नागरिकलाई औषधोपचारमा निःशुल्क स्वास्थ्य सुविधा
  • सार्वजनिक यातायातका साधनमा ५० प्रतिशतसम्म छुटको व्यवस्था
  • सार्वजनिक सेवा प्रवाहमा पहिलो प्राथमिकतामा सेवा प्रदान गनुपर्ने व्यवस्था
  • सार्वजनिक यातायातमा सुरक्षित सिटको व्यवस्था
  • सरकारी अस्पातालहरुमा जेरियाट्रिक बार्डको व्यवस्था
  • ज्येष्ठ नागरिक कल्याण कोषको स्थापना
  • ज्येष्ठ नागरिक केन्द्रको तथा अशक्तल स्याहार केन्द्रको सञ्चालन गरिएको
  • ज्येष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र भेटघाटस्थल, आश्रम केन्द्र तथा वृद्धाश्रमको व्यवस्था गरिएको
  • स्थानीय तहबाट बर्षमा १ पटक तीर्थस्थल र २ पटकसम्म पर्यटकीय क्षेत्रको अवलोकलन गराउने व्यवस्था
  • नागरिक कोषमार्फत अवकाश, पेन्सन योजना, लगानीकर्ता तथा उपदान कोषजस्ता कार्यक्रमको व्यवस्था
  • कर्मचारी सञ्चयकोषमार्फत अवकाश कोष योजना कार्यक्रमको व्यवस्था
  • सामाजिक सुरक्षाकोष तथा निवृत्तिभरण पेन्सन योजनामार्फत भएका व्यवस्था
  • स्वास्थ्य बीमामार्फत भएका स्वास्थ्योपचारसम्बन्धी व्यवस्था
  • ज्येष्ठ नागरिकलाई वितरण गरिएको ज्येष्ठ परिचयपत्र
  • स्वास्थ्य संस्थाले ज्येष्ठ नागरिकको उपचार गराउँदा ५० प्रतिशत छुट हुनुपर्ने व्यवस्था
  • ज्येष्ठ नागरिक केन्द्र तथा अशक्त स्याहार केन्द्रको सञ्चालन व्यवस्थापन गर्ने
  • संघीय सरकारले अल्जाइमरलगायतका ८ वटा कडा रोग लागेमा १ लाख आर्थिक सहायता पाउने
  • आरोग्य आश्रम निर्माणमा लगानी गरिएको छ
  • विभिन्न स्वास्थ्य शिविर सञ्चालन भएका छन्

बीमाको माध्यमबाट कसरी ज्येष्ठ नागरिककलाई समेट्न सकिन्छ ?

बीमा सामान्यता भविष्यमा आइपर्ने जोखिमविरुद्ध गरिने आर्थिक र सामाजिक सुरक्षा हो। मानिसको दैनिक जीवनमा विभिन्न प्रकारका जोखिम रहेका हुन्छन्। जस्तै– व्यक्तिको जीवन, सम्पत्ति, रोजगारी, स्वास्थ्य, व्यवसाय दायित्व आदिको सुरक्षाका लागि गरिने विभिन्न संयन्त्रमध्ये बीमा एक महत्वपूर्ण संयन्त्रका रुपमा रहेको हुन्छ। अन्य क्षेत्रको रक्षावरणका रुपमा रहेको वित्तीय क्षेत्र भनेको बीमा व्यवसाय हो। जसले अरुको जोखिम स्वीकार गरी अन्य क्षेत्रलाई सुरक्षा प्रदान गर्दछ। जुन अन्य वित्तीय क्षेत्रभन्दा पृथक विशेषता रहेको हन्छ। जुन अरुजस्तो सजिलै आफूले जुनसुकै समयमा आवश्यकताअनुसार खरिद गर्न पाइन्न। जसका आफ्नै नियम र सिद्धान्त रहेको हुन्छ। जुन बीमक र बीमीतका बीचमा कानुनी करारमा निर्देशित हुन्छ। विशेषगरी सहकारिताको सिद्धान्तमा आधारित हुन्छ। जसमा धेरैको योगदानबाट दावीको क्षति थोरैलाई भुक्तानी गर्ने गरिन्छ। नेपालमा बीमा व्यवसाय जीवन, निर्जीवन र पुनर्बीमा गरी ३ प्रकारमा विभाजन गरिएको छ। नेपालमा १४ जीवन बीमा, १ ४ निर्जीवन कम्पनी र २ पुनर्बीमा कम्पनी, ४ लघुबीमा र एक नियामक निकायका रुपमा रहेको बीमा क्षेत्रमा जीवन बीमातर्फ ७७.५ प्रतिशत र निर्जीवन बीमातर्फ २२.२ प्रतिशत रहेको छ भने ४४.२ प्रतिशत बीमाको दायरामा रहेको यति ठूलो र सम्भावना बोकेको बीमा क्षेत्रले ज्येष्ठ नागरिकप्रति बीमाको माध्यमबाट कसरी समेट्न सकिन्छ त ?

ज्येष्ठ नागरिक हरेक व्यक्तिले एक दिन त्यो अवस्थामा पुग्नै पर्दछ। यसरी समय र उमेरसँगै ज्येष्ठ नागरिकमा शारीरिक तथा मानसिक अवस्था कमजोर हुनु स्वभाविक र प्राकृतिक नियम हो। त्यसैले शारीरिक दुर्बलतासँगै आफ्नो जीवन निर्वाहका दैनिक क्रियालापसँगै उनीहरुको जीवनमा दुर्घटनाको सम्भावना र जोखिमसमेत बढ्दै गइरहेको हुन्छ। यस अवस्थामा ज्येष्ठ नागरिकले आर्थिक, सामाजिक र भावनात्मक सुरक्षाको अनुभूति र आवश्यकता महसुस गरिरहेका हुन्छन्। यद्यपि, नेपालमा बर्सेनि ज्येष्ठ नागरिकको संख्यामा भएको वृद्धिदर, औसत बाँच्ने आयुमा भएको वृद्धि, विज्ञान प्रविधिको विकाससँगै स्वास्थ्य उपचारमा थप सुविधा बनिरहँदा र स्वास्थ्य हेरचाह र जीवनशैलीमा सुधार हुँदै जाँदा हाल ज्येष्ठ नागरिकको संख्या अन्तर्राष्ट्रियस्तरमा बढिरहको छ। यसलाई सकारात्मक मान्न सकिन्छ। यसरी बढिरहेको ज्येष्ठ नागरिकको जनसंख्याको आँकाडालाई आधार मान्ने हो भने हाम्रो वार्षिक बजेटमा सामाजिक सुरक्षाको व्ययभार पनि बढ्दै गइरहेको छ। जसले गर्दा पुँजीगत बजेटको हिस्सामा प्रभाव पारिरहेको हुन्छ। जसले मुलुकको विकास निर्माणका समग्र कार्यमा असर पारिरहेको हुन्छ। नेपालको संघीय, प्रादेशिक, स्थानीय बजेट, आवधिक योजना आदिको अध्ययन गर्दा बीमा क्षेत्रका लागि प्रभावकारी कार्यक्रम र बजेट प्रयाप्त बाँडफाँट नभएको पाइन्छ। अझ भनौँ ज्येष्ठ नागरिकलाई समेट्ने गरी कुनै बीमा कार्यक्रम र बजेटले समेट्न सकेको पाइँदैन। नेपालमा वर्षेनी बाडँफाड हुने बजेटको केही रकम ज्येष्ठ नागरिकलाई बीमाको माध्यमबाट समाजिक सुरक्षाको संरक्षण गर्नु जरुरी रहेको छ। जसले राज्यले बर्षेनी सामाजिक सुरक्षा कोषको व्ययभार कम हुँदै जानेछ। अन्तर्राष्ट्रिय अभ्यासमा भने जन्मदेखि मृत्युसम्म नै बीमा नागरिकको जीवनयापन निर्वाहमा अनिवार्य गरी नागरिकलाई सुरक्षित गरेको हुन्छ। यिनै कुराहरुलाई विश्लेषण गर्दा हाम्रोजस्तो मुलुकमा पनि बीमाको विभिन्न कार्यक्रम तथा बीमा योजनामार्फत ज्येष्ठ नागरिकलाई कसरी सामाजिक सुरक्षामा जोडन सकिन्छ भन्ने कुरा निम्न अनुसार रहेका छन्।

  • व्यक्तिगत तथा सामूहिक दुर्घटना बीमामार्फत संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो वार्षिक बजेटमार्फत ज्येष्ठ नागरिकको हितका लागि कम बीमा शुल्कमा व्यक्तिगत तथा सामूहिक दुर्घटना बीमा योजनाबाट समेट्न सकिन्छ।
  • लघुबीमाको माध्यमबाट निम्न आयस्तर भएमा जनसंख्यालाई स्थानीयस्तरसम्म पुर्याई ज्येष्ठ नागरिकलाई समेट्न सकिन्छ।
  • बीमामा लाग्ने बीमाशुल्कमा अनुदान, भ्याट रकममा छुटजस्ता सुविधा प्रदान गरी बीमाप्रति आकर्षण गर्नुपर्दछ।
  • बीमाका कार्यक्रमलाई एकीकृत गरी ज्येष्ठ नागरिकले पाउने बीमा सुविधामा गुणस्तरीयता बढाउनु पर्दछ।
  • स्वास्थ्य उपचारसम्बन्धी बीमा योजनाहरु आयस्तरअनुसार विभिन्न रक्षावरण समेट्ने गरी बीमाशुल्क निर्धारण गरी बीमा योजनामार्फत गर्न सकिन्छ।
  • ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा विभिन्न समस्या हुने हुँदा नियमित रुपमा औषधिहरु सेवन गर्नुपर्ने भएकोले औषधि खरिदका लागि वा छुट हुने गरी जीवन तथा निर्जीवन बीमा योजनामार्फत रक्षावरण गर्नुपर्दछ।
  • सामाजिक सुरक्षाको केही रकम बीमा योजनामा छुटयाई सोमार्फत ज्येष्ठ नागरिकको आवश्यकताका आधारमा बीमा योजना तथा कार्यक्रम बनाउनुपर्दछ।
  • बचतको केही हिस्सामार्फत उमेरको वर्गीकरणसँगै म्यादी तथा सावधिक जीवनका लागि सरकारले विभिन्न सुविधा प्रदान गरी बीमा कार्यक्रमलाई जोड्नुपर्दछ।
  • सामाजिक सुरक्षा प्रदान गर्ने निकायहरु जस्तै– कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, पेन्सन योजना कोष आदिमार्फत रोजगारीमा प्रवेश भएको बखत नै निश्चित प्रतिशत बीमाका लागि अनिवार्य बीमा गर्ने गरी बीमा कम्पनीसँग सम्झौता गरी अवकाशपछि बीमा रकम प्राप्त हुने बीमा योजनाहरु बनाउनुपर्ने
  • अनिवार्य रुपमा वृदाश्रमहरुको भवनको बीमा गर्नका लागि सरकारले बजेट विनियोजन गरिनुपर्दछ। साथै, आवस बीमा योजनालाई अनिवार्य गराउनुपर्ने।
  • धार्मिक भ्रमण तथा पर्यटकीय भ्रमण गराउँदा अनिवार्य रुपमा ज्येष्ठ नागरिकको जीवनको सुरक्षाका लागि यात्रा बीमा गराउनुपर्दछ।
  • आफ्नो सम्पत्तिहरुको सुरक्षाका लागि विभिन्न बीमा योजनाहरुको छनोट सुविधासँगै बीमाशुल्कमा छुट गरेर
  • विभिन्न दातृ निकाय, व्यापारिक संघसंस्थामार्फत खर्च हुन नसकेको रकम बैंक तथा बीमामा लामो समयदेखि दाबी नभई त्यसै बसेको रकम पनि सार्ने कानुनी व्यवस्था गरी ज्येष्ठ नागरिकको बीमा योजनामा खर्च गर्नुपर्दछ।
  • ज्येष्ठ नागरिकको निजको सन्तानले आफ्नो मासिक आम्दानीको केही रकम अनिवार्य रुपमा सामाजिक सुरक्षा तथा बीमामा अनिवार्य बचत गर्ने नीतिसँगै बीमा योजनासँग आबद्ध गरिनुपर्दछ।

निष्कर्ष:

वास्तवमा ज्येष्ठ नागरिक मुलुकका भार होइनन् बरु यी राष्ट्रका पुजीँको तथा निधि तथा जिउँदा इतिहास हुन्। आज समाजमा चेतनास्तर बढे पनि आमज्येष्ठ नागरिकले आफ्नो घरपरिवार, समाजमा फरक व्यवहार र विभिन्न समस्या झेलिरहेको पाइन्छ। कता–कता हाम्रो नैतिकताको बाटो नै बिराएको हो कि भन्ने लाग्दछ। त्यसैले ज्येष्ठ नागरिकको एक्लो जीवनबाट त्यसलाई सामूहिकतामा रुपान्तारित गर्दै सामाजिक तथा आर्थिक सरक्षामार्फत संरक्षित गर्नुपर्दछ। यद्यपि, उनीहरुको लामो समयको अनुभव, विज्ञता, सीप, सोचमार्फत देश विकासमा निर्माण सदुपयोग गर्न पाउनु राज्यका लागि अवसर हो। मेरो समाज मेरो योगदानजस्ता अभियान सञ्चालन गरी सामाजिक रुपान्तरणमा उत्साहप्रद सहभागिता गराउन सरकार र सरोकारवाला पक्षको ध्यान जानु जरुरी रहेको छ। तुलानात्मक रुपमा युवावर्गको योगदानको उल्लेख रहने भए पनि ज्येष्ठ नागरिकको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन। ज्येष्ठ नागरिकको आर्थिक तथा सामाजिक जीवन निर्वाहलाई सहज बनाउन समाजिक सुरक्षासँगै अल्पकालीन र दीर्घकालीन बीमाका योजनामार्फत प्रत्येक ज्येष्ठ नागरिकको मन ढुकढुकीलाई जोड्नु आजको आवश्यकता हो। ज्येष्ठ नागरिक ऐन तथा नियमहरुमा भएका कल्याणकारी प्रावधानहरुको प्रभावकारी कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तिनै सरकारबीच सहकार्य र जिम्मेवारीबोध हुनुपर्दछ। त्यस्तैगरी सामाजिक सुरक्षाका लागि स्थापित समाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष विभिन्न पेन्सन कोषहरुले ज्येष्ठ नागरिकको हितमा हुने गरी सामाजिक सुरक्षाका नीति कार्यक्रममा सहकार्य समन्वय गर्नु जरुरी छ भने सबैलाई समेट्ने गरी ज्येष्ठ नागरिकलाई उमेर, उनीहरुको अवस्था अध्ययन गर्दै विभिन्न बीमा पोलिसीहरुमार्फत समेट्ने गरी बीमा योजनाहरु तयार गर्नुृ आजको माग रहेको छ।

समग्रमा ज्येष्ठ नागरिकको हेरचाह र सहज जीवन जिउने वातावरण सुनिश्चत गर्नु हामी सबैको दायित्व हो भन्ने कुरालाई आत्मासाथ गर्नुपर्दछ।

(लेखक राष्ट्रिय बीमा कम्पनीको विराटनगर शाखाका नायब व्यवस्थापक हुन्)

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS