IME Life
Beema Board

मेट लाइफले सार्वजनिक गर्यो नयाँ बोनसदर , बीमितले अधिकतम ८० रुपैयाँसम्म पाउने

SPIL
NIC ASIA

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८०  को बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७९ /२०८० (१७  जुलाई २०२२  देखि १६  जुलाई २०२३ ) सम्मको आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन बीमा समितिबाट पारित भएसँगै कम्पनीबाट जारी बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

साथै कम्पनीको अर्को बिमाङ्कीय मुल्याङकन बीमा समितिबाट स्वीकृत नभएसम्मको लागि आर्थिक वर्ष २०७९ /८० कै बोनसदर मुनाफामा सरिक हुने बीमालेखहरुमा, मृत्यु दाबी , पुर्ण वा आंशिक अवधि दाबी भुक्तानी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखहरुमा यस बोनसदर कायम हुने जनाएको छ ।

Prabhu
Crest

कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

सावधिक जीवन बीमालेख (इन्डोमेन्ट प्लान)
कम्पनीले सावधिक जीवन बीमालेखको हकमा न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँ बोनसदर कायम गरेकोे छ ।

कम्पनीले सबैभन्दा धेरै १ देखि १५ देखि वर्ष अवधिको यस बीमालेख ५  हजार ५  सय ६८  वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

शिक्षा संरक्षण जीवन बीमालेख (एजुकेशन प्रोटेशन प्लान)
शिक्षा संरक्षण जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ६० रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँ बोनसदर कायम गरेकोे छ ।

कम्पनीले सबैभन्दा धेरै १६  देखि २०  वर्ष अवधिको यस बीमालेख मात्रै १६  हजार ५  सय ३४  वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ७० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको हकमा भने कम्पनीले न्युनतम ४५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । यस बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४५ रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ५५ रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर कायम गरेकोे छ ।

कम्पनीले सबैभन्दा धेरै १ देखि १५ वर्ष अवधिको यस बीमालेख १० हजार २ सय ८६ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

11%

दु :खी

0%

अचम्मित

56%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS