SKIP THIS

MLBL
IME Life
Beema Board

आइपिओको तयारीमा रहेको स्टार हस्पिटलको व्यापार खस्कियो, बैंकको ब्याज समेत तिर्न नसक्ने अवस्था

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । थप चुक्ता पूँजी जुटाउनका लागि सर्वसाधारणमा शेयर जारी गर्ने घोषणा गरेको स्टार हस्पिटल लिमिटेड वित्तीय स‌ंकटमा फँस्ने देखिएको छ। यो अस्पतालले मनग्ये व्यापार गर्न नसक्दा बै‌ंक ऋणवापतको ब्याज समयमै भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार अस्पताल व्यवस्थापनले चालू आवको पहिलो त्रैमासको ब्याजवापतको रकम भुक्तानी गर्न सकेन । कारोबार रकममा आएको स‌ंकुचनका कारण यसको सञ्चालन मुनाफा दर ९ प्रतिशतमा सीमित हुन पुगेको छ। यो दरमा अस्पतालले सञ्चालन खर्च मात्र नभएर बै‌ंक कर्जावापतको ब्याज खर्च समेत धान्न स‌ंभव छैन ।

Prabhu
Crest

इक्रा नेपालका अनुसार अघिल्लो आवको तुलनामा काराेबार रकमवापतको आम्दानी ३९ प्रतिशतले खुम्चिएको छ। अघिल्लो आव २०७८।७९ मा कूल ७४ करोड ५० लाख रुपैयाँको कारोबार गरेको यो अस्पतालको कारोबार गत आवको अपरिस्कृत वित्तीय विवरण अनुसार २०७९।८० मा ४५ करोड १० लाख रुपैयाँमा झरेको थियो। यो रकम आव २०७७।७८ को तुलनामा झण्डै पचास प्रतिशतले कम हो । कोरोना महामारीका बेला सेवा बिस्तारसँगै स्वास्थ्य उपचार सेवावापतको काराेबार रकम झण्डै तेब्बर वृद्धि भएको थियो । पछिल्लो समयमा व्यवस्थापनमा समस्या देखिएसँगै उपभोक्ताको क्रय क्षमतामा आएको ह्रासले समेत अस्पतालको व्यापार खस्किएको अनुमान गरिएको छ। आम्दानीलाई २३ करोड ६० लाख रुपैयाँबाट ९० करोड ३० लाख रुपैयाँ पुर्‍याएको थियो ।

ललितपुरको सानेपामा रिङरोड छेउमा अवस्थित एक सय शैय्या क्षमताको यो अस्पतालको औसत शैय्या उपयोगिता दर ४० प्रतिशत मात्र रहेको छ। अस्पतालको सेवा बिस्तार र विश्वसनीयतामा वृद्धिमार्फत् अस्पतालले बिरामी भर्ना बढाउन सकेको अवस्थामा मात्र आम्दानीमा सुधार हुन सक्ने टिप्पणी इक्रा नेपालले गरेको छ।

यसको स‌ंस्थापक लगानीकर्ताहरूको स‌ंख्या ३ हजार ७ सयभन्दा बढी छ। सर्वसाधारणबाट समेत पूँजी जुटाउने योजनासाथ यो अस्पतालले सर्वसाधारणमा शेयर जारी गर्नु अघि स्टार हस्पिटलका स‌ंस्थापकले हकप्रद शेयरमार्फत् पूँजी थप गरेका थिए । ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेकोमा २५ प्रतिशत हकप्रद शेयर जारी गरेपनि १० लाख कित्ता बिक्री हुन सकेको थिएन । कायम रहेका स‌ंस्थापकले शेयर पूँजी थप्न चासो नदेखाएपछि सर्वसाधारणलाई समेत शेयर खरिद गर्न आह्वान गरेको थियो । २५ प्रतिशत हकप्रद शेयर जारी गरेर स‌ंस्थापकबाट पूँजी थप गरेपछि सर्वसाधारणबाट शेयर पूँजी जुटाउने योजनाका साथ मुक्तिनाथ क्यापिटललाई शेयर निष्काशन प्रबन्धक पनि नियुक्त गरिसकेको छ।

स्टार हस्पिटल लिमिटेडले ४० करोड रूपैयाँ शेयर पूँजी बराबरको रु‍. १०० अँकित दरको ४० लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको छ । सर्वसाधारणबाट जुटाइने शेयर पूँजीलाई अस्पतालमा अत्याधुनिक स्वास्थ्य उपकरण जडान गर्न र विशिष्टीकृत उपचार सेवा बिस्तार गर्न प्रयोग गर्ने योजना छ। नयाँ उपचार सेवाका विधाहरु क्यान्सर सेवा, आइभिएफ सेवा र राजधानीबाहिर समेत उपचार सेवा विस्तार गर्ने योजना रहेको बताइएको छ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार अस्पतालले बै‌ंकबाट अल्पकालीन र दीर्घकालीन कर्जावापत कूल ८५ करोड ७० लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएकोमा इक्रा नेपालले डिफल्टर का रुपमा इ‌ंगित गर्दै रेटिङ स‌ंशोधन गरेको छ। यसअघि दीर्घकालीन कर्जाका लागि इक्राएनपि एलबि प्लस रेटिङ दिएकोमा यसपटक इक्राएनपि एलडिमा झारेको छ। यसैगरी अल्पकालीन कर्जाका लागि एफो रेटिङ दिएकोमा यसपटक इक्राएनपि डिमा झारेको छ।

हिसाबकिताबमा गोलमालः

लेखा परिक्षकको प्रतिवेदनमा उल्लेखित टिप्पणीको अध्ययन गर्दा स्टार हस्पिटल लिमिटेडमा आन्तरिक नियन्त्रण ज्यादै कमजोर रहेको छ। अस्पतालमा बिरामीको उपचारका लागि दैनिकरुपमा प्रयोगमा आउने मेडिकल सामाग्रीहरुको खरिद र उपभोग सम्बन्धमा व्यवस्थित हिसाबकिताब राखिएको छैन । अस्पतालले आव २०७८।७९ मा  कूल १७ करोड २३ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरको ल्याब सामाग्री, १ करोड ३३ लाख रुपैयाँ मूल्य बराबरको मसलन्द सरसफाइ लगायत दैनिक उपयोगका सामाग्री र ८ करोड ४९ लाख ९३ हजारको औषधी खरिद गरेको थियो । यो मध्ये २०७९ असार मसान्तममा ६९ लाख ५४ हजार २ करोड ६९ लाख र २ करोड ३८ लाख रुपैयाँ मूल्य बराबरको सामाग्री जगेडामा बाँकी रह्यो । लेखा परिक्षकको टिप्पणली अनुसार आर्थिक वर्षभर खरिद गरिएको र आर्थिक वर्षको अन्त्यमा कायम रहेको जगेडा(स्टक) बीचको सामाग्रीहरु कहाँ कहाँ खपत भए, कसले माग फारम भरे, कसले जारी गरे, के प्रयोजनका लागि उपयोगमा ल्याइयो भन्ने पुष्टी गर्ने कुनै पनि कागजात लेखा परिक्षणको क्रममा अस्पताल व्यवस्थापनले उपलब्ध गराएको थिएन ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

40%

दु :खी

10%

अचम्मित

10%

उत्साहित

40%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS