SKIP THIS

MLBL
IME Life
Beema Board

नेको इन्सुरेन्सद्वारा दैलेख र जाजरकोटका भूकम्पपीडितलाई दाबी भुुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेको इन्सुुरेन्स लिमिटेडले देशको बीमा बजारमा विगत २८ वर्षदेखि सेवा पुुर्याउँदै आएको छ। आफ्ना ग्राहकलाई छिटोछरितो सेवा दिने कम्पनीको लक्ष्य हो।

हालै देशको कर्णाली प्रदेश केन्द्रविन्दुु भई गएको विनाशकारी भूूकम्पबाट क्षति भई यस कम्पनीमा दाबी पर्न आएका सम्पूूर्ण दाबीहरुको भुुक्तानी गरिसकिएको छ। कम्पनीका प्रतिनिधिहरुले घटनास्थलमै गएर दैलेख र जाजरकोटका सम्बन्धित पीडितहरुलाई दाबी भुुक्तानी गरेका छन्।

Prabhu
Crest

आगामी दिनहरुमा पनि पर्न आउने दाबीहरुको यथाशीघ्र भुुक्तानी दिन कम्पनी प्रतिबद्ध रहेको छ।

गत शनिबार जाजरकोटमा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुुख कालिबहादुुर खत्रीको प्रमुुख आतिथ्य तथा भेरी नगरपालिकाका उपप्रमुुख मीना जैसीको आतिथ्य एवं जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष रमेश केसीको उपस्थितिमा आयोजित एक कार्यक्रममा जाजरकोटका यस कम्पनीका बीमित भूूकम्पपीडितहरुलाई दाबी रकम हस्तान्तरण गरिएको छ।

कार्यक्रममा वक्ताहरुले नेको इन्सुुरेन्सले समयमै दावी भुुक्तानी गरेकोमा कम्पनीको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे। कार्यक्रममा बैंक र वित्तीयसंस्थाका प्रतिनिधि एवं समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो।

कार्यक्रम नेको इन्सुुरेन्सका कर्णाली प्रदेश प्रमुुख रमेशराज शर्माको अध्यक्षतामा भएको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS