IME Life

एएमवेष्टले भारतीय पुनर्बीमकलाई वित्तीय सबलताको लागि दियो बि प्लस रेटिङ

SPIL
NIC ASIA

काठमाडाै‌ं । रेटिङ एजेन्सी ए एम बेष्टको रेटिङमा भारतीय सरकारी स्वामित्वको पुनर्बीमक भारतीय जनरल इन्स्योरेन्स कर्पोरेशन (जिआइसी रि)ले  वित्तीय सबलताका लागि बि प्लस र त्रिपल बी प्लस रेटिङ दिएको छ।

जिआइसी रिको व्यापार र नाफामा सुधारसँगै एएमवेष्टले जिआइसी रिलाई वित्तीय सबलताका लागि बि प्लस र दीर्घकालीन शेयर निष्काशनकर्ताको रुपमा त्रिपल बी प्लस रेटिङ दिएको हो । यो रेटिङले जिआइसी रि को वित्तीय सबलता स्थिर रहेको अवस्थालाई संकेत गर्छ। यी क्रेडिट मूल्याङ्कनहरूले जिआइसी रि को वासलातको साथै यसको पर्याप्त सञ्चालन कार्य सम्पादन, अनुकूल व्यापार विविधथन र उपयुक्त जोखिम व्यवस्थापनलाई प्रतिबिम्बित गरेको एएमबेष्टले उल्लेख गरेको छ।

Prabhu
Crest

शेयरधनीको पूँजी आर्थिक वर्ष २०२० मा भारु ३ खर्ब ८८ अर्ब रहेकोमा २०२३ मा ७४ प्रतिशतले बढेर भारु ६ खर्ब ७५ अर्ब पुगेको छ। जिआइसी रिको लगानी पोर्टफोलियोमा उचित प्रतिफल र खुद नाफामा भएको वृद्धिले शेयरधनी पूँजी वृद्धिलाई समर्थन गरेको छ।

ए एम बेस्टले जिआइसी रि को स‌ंस्थागत जोखिम व्यव्सथापन मूल्याङ्कनमा रहेको नकारात्मक दबाबलाई तत्काल उपचारात्मक कदम र आन्तरिक वित्तीय नियन्त्रणमा सुधार गर्न जारी पहलहरू मार्फत कम गर्न सुझाव दिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS