IME Life
Beema Board

जीवन बीमालेखका सामान्य शर्तहरु के के हुन् ? कस्तो अवस्थामा लागू हुन्छ ?

SPIL
NIC ASIA

अभिकर्ताबाट जीवन बीमालेखको फाइल लिई सकेपछि तपाईले बीमालेखका शर्तहरुबारे कतिको चासो राख्ने गर्नु भएको छ? कि अरुले जस्तै ख्वै ५ लाखको बीमा त गरेको छु, तर के के सुविधा छ थाहै छैन भन्ने प्रतिकृया दिनुहुन्छ।

जीवन बीमा गर्नु अघि नै आफूले खरिद गर्न लागेको बीमालेखको सुविधा र शर्तहरुबारे विस्तृतमा जानकारी लिनु र चासो राख्नु अनिवार्य हुन्छ। यति मात्र नभएर आफूलाई भनिए झै‌ं बीमालेखमा सुविधा र शर्तहरू समावेश गरिएको छ कि छैन भन्नेबारे पनि चासो राख्नुपर्छ र एक पटक मिहिन ढंगबाट शर्तहरू पढ्नुपर्छ।

Prabhu
Crest

अण्डरराइटिङमा उल्लेखित विवरण रुजुः

जीवन बीमालेखमा उल्लेख गरिएको बीमितको नाम र जन्म मिति दुरुस्त छ की छैन भन्ने यकीन गर्नुपर्छ। कुनै विवरण फरक पर्न गएमा तत्कालै आफ्नो अभिकर्ता वा बीमा कम्पनीमा जानकारी गराएर सच्याउन लगाउनुपर्छ, बीमालेख जारी गरिसकेपछि हतपत्त विवरण सच्याउन मान्दैनन् त्यसैले बीमालेखको अण्डराइटिङ विवरण प्रविष्टी गरेको समयमा नै चनाखो भएर उल्लेखित विवरण रुजु गर्नुपर्छ।

अभिकर्तासँग चासोः

बीमालेख तयार भएर हात परि सकेपछि बीमालेखको पानामा उल्लेखित प्रत्येक विवरण र भुक्तानीको शर्तहरु सुक्ष्म ढंगले पढ्नुपर्छ । केही स्पष्ट छैन भने अभिकर्ता वा बीमा कम्पनीका कर्मचारीसँग चासो राखेर साेध्नुपर्छ। बीमालेखको पहिलो पानामा बीमित सम्बन्धि व्यक्तिगत विवरणका साथै भुक्तानी दिइने अवस्थाहरुबारे उल्लेख गरिएको हुन्छ। बीमालेख अन्तर्गतको बीमा‌ंक रकम र बोनशका साथै अन्य भुक्तानीहरु कस्तो कस्तो अवस्थामा भुक्तानी गरिनेछ भन्ने विवरण प्रष्ट उल्लेख गरिएको हुन्छ।

भुक्तानी दिइने अवस्थाहरुः

सावधिक बीमालेखहरुमा बीमा अवधि पुरा भएपछि बीमा‌ंक रकम र बोनश रकम एकमुष्ठ भुक्तानी गरिनेछ भन्ने उल्लेख गरिएको हुन्छ। यसैगरी बीमा अवधिभित्रै निधन भएको अवस्थामा बीमा‌ंक रकम र निधन भएको मितिसम्मको बोशन रकम भुक्तानी दिइने उल्लेख गरिएको हुन्छ।

अग्रिम भुक्तानी बीमालेखमा निश्चित अवधिको अन्तरालमा बीमा‌ंकको निश्चित प्रतिशत रकम भुक्तानी दिने शर्त उल्लेख गरिएको हुन्छ। यसबाहेक बीमा अवधि पुरा भएपछि बाँकी रहेको बीमा‌ंक रकम र पुरै बोनश एकमुष्ठ भुक्तानी गरिनेछ भन्ने शर्त बीमकले उल्लेख गरेका हुन्छ।

बीमालेखका अन्य शर्तहरुः

बीमालेखको दोश्रो पानामा सामान्य शर्तहरु उल्लेख गरिएका हुन्छ। यी शर्तहरुमध्ये बीमाशुल्कको किस्ता भुक्तानी गर्दा दिइने मोहलत अवधिबारे उल्लेख गरिएको हुन्छ। वार्षिक र अर्द्धवार्षिक बीमाशुल्क भुक्तानीमा ३० दिन र त्रैमासिक बीमाशुल्क भुक्तानीमा १५ दिनको मोहलत अवधि दिइएको हुन्छ। मोहलत अवधिभित्र बीमाशुल्क किस्ता भुक्तानी गर्दा जरिवाना लाग्दैन ।

बीमालेखको चुक्ता मूल्य प्राप्तीका लागि भुक्तानी गर्नुपर्ने न्यूनत्तम बीमाशुल्क किस्ताबारे पनि सामान्य शर्तमा उल्लेख गरिएको हुन्छ। कम्तीमा २ वार्षिक किस्ता रकम भुक्तानी गरिएको बीमालेखको कुनै किस्ता रकम भुक्तानी भएको छैन भने मोहलत अवधिपछि यस्तो बीमालेख स्वतः चुक्ता बीमालेखमा परिणत हुनजान्छ।

कर्जा सुविधाको प्रावधानः

जीवन बीमालेख निर्देशिका २०७९ को प्रावधान अनुसार कम्तीमा ३ वर्षको बीमाशुल्क भुक्तानी भइसकेको बीमालेखको धितोमा बीमितले कर्जा सुविधा समेत उपभोग गर्न पाउँछन् । कर्जा सुविधा उपभोगका लागि बीमालेख जारी गरेको मितिबाट समेत ३ वर्ष पुरा भएको हुनुपर्छ। यस्तो शर्त पनि बीमालेखको सामान्य शर्तहरुमा समावेश गरिएको हुन्छ । बीमित स्वयमले र बालबालिकाको बीमा छ भने प्रस्तावक स्वयमले बीमालेखको धितोमा समर्पण मूल्य बराबरको रकम कर्जा वापत उपभोग गर्न सक्छन् ।

बीमालेखको पुनःजागरणः

सामान्य शर्तहरुमा बीमाशुल्क भुक्तानी नगरेका कारण व्यतित अवस्थामा रहेको जीवन बीमालेख पुनःजागरण गर्न सकिने शर्तहरुका सम्बन्धमा पनि उल्लेख गरिएको हुन्छ। बाँकी अवधिको बीमाशुल्क भुक्तानी गरेपछि जुनसुकै समयमा पनि बीमालेख पुनःजागरण गर्न सकिन्छ। बीमा अवधिभित्र बीमालेख पुनःजागरण योग्य हुन्छ। यसबाहेक व्यतित अवधि र बीमांक रकमको आधारमा समेत बीमकले पुनःजागरणका लागि बीमितलाई ताजा स्वास्थ्य परिक्षण प्रतिवेदन पेश गर्न अनुरोध गर्न सक्छ।  यस्तो अवस्थामा बीमितको स्वास्थ्य परिक्षण प्रतिवेदन पेश भएपछि मात्र बीमालेख पुनःजागरण हुनेछ।

बीमालेखको अपवादहरुः

सामान्य शर्तहरुमध्ये बीमितले आत्म हत्या गरेको अवस्थामा बीमा‌ंक रकम भुक्तानी दिइने शर्तबारे पनि उल्लेख गरिएको हुन्छ। बीमालेख जारी भएको दुई वर्षको अवधि पुरा भइसकेपछि बीमितले आत्महत्या गरेको अवस्थामा इच्छ्याइएको व्यक्ति वा कानूनी हकवालाले बीमा‌ंक रकम भुक्तानी प्राप्त गर्नेछन् भन्ने उल्लेख गरिएको हुन्छ। दुई वर्ष नपुग्दै आत्महत्या गरेको अवस्थामा बीमकले आधारभूत बीमाशुल्कवापतको रकम मात्र भुक्तानी दिन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS