SKIP THIS

MLBL
IME Life
Beema Board

एफपीओको कर विवाद : पूर्ण सुनुवाइका निम्ति पेस गर्न सर्वोच्चको आदेश

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एफपीओको कर विवादमा बैंक र बीमा कम्पनीहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज बुधबार पनि फैसला हुन सकेन। सर्वोच्चले आज यो मुद्दामा पूर्ण सुनुवाइका निम्ति पेस गर्न आदेश दिएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलाशमा १६ वटा वाणिज्य बैंक तथा २ बीमा कम्पनीले एफपीओको कर विषयका विषयमा दायर रिटमा बहस भएको थियो। प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलाशमा यो मुद्दाको बहस गरेका थिए।

Prabhu
Crest

अब यो मुद्दाको अन्तिम सुनुवाइ हुनेछ। अब अर्को पेसीमा दुवै पक्षलाई डाकेर छलफल तथा बहस गरी सर्वोच्चले अन्तिम आदेश जारी गर्नेछ।
चालु आर्थिक वर्ष २०८०÷८१ को आर्थिक विधेयकमा आएको एफपीओ र मर्जरको आयमा कर व्यवस्था बदरको माग गर्दै १६ वटा वाणिज्य बैंकले सर्वोच्च अदालतमा संयुक्त रिट दायर गरेका छन्।

यसैगरी प्रिमियममा एफपीओ निष्कासन गरेका नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले पनि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। सर्वोच्चले बैंक र इन्स्योरेन्सले दायर गरेको दुवै मुद्दालाई एकै ठाउँमा सुनुवाइ गरिरहेको छ।

यसअघि गत असोज १७ गते सर्वोच्चले यो मुद्दामा कारण देखाउ आदेश जारी गरेको थियो। त्यसपछि यो मुद्दा हेर्दाहेर्दैमै रहेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS