IME Life
Beema Board

हालसम्म ६२ कम्पनीले घोषणा गरे लाभांश, कुनले कति दिए शेयरधनीलाई प्रतिफल ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लाभांशको सिजन शुरु भएसँगै धमाधम कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई दिने लाभांश धमाधम घोषणा गरिरहेका छन् । आर्थिक वर्ष २०७९/८० को लागि हालसम्म ६२ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमध्ये १० वटा वाणिज्य बैंक र १९ वटा म्युचुअल फण्ड छन् । बाँकीमध्ये  ६ माइक्रो फाइनान्स, ३ विकास बैंक, २ होटल, २ वटा हाइड्रोपावर कम्पनी र इन्भेष्टमेन्ट कम्पनी, ३ उत्पादनमुलक एण्ड प्रशोधन कम्पनी, नन क्याटागोरी कम्पनी ९ वटा र ६ वटा मर्चेन्ट बैंक छन् ।

म्युचुअल फण्ड
आर्थिक वर्ष २०७९ /८० को लागि हालसम्म १९ वटा म्युचुअल फण्डले आफ्ना इकाईधनीहरुलाई दिने प्रतिफल घोषणा गरेका हुन् । अधिकांश फण्डको लाभांश अघिल्लो वर्षको तुलनामा गत वर्षमा बढेको छ । एनएमबि हाइब्रिट फण्ड एल १ ले इकाईधनीलाई १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । एनएबि ५० ले पनि १५ प्रतिशत, प्रभु सेलेक्ट फण्डले ९ दशलमव ५ प्रतिशत, सानिमा इक्विटी फण्डले १८ प्रतिशत, एनआइबिएल प्रगति फण्डले ६ दशलमव ८ प्रतिशत, सिटिजन म्युचुअल फण्ड २ ले ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् ।

Prabhu
Crest

त्यस्तै, सिद्धार्थ इक्विटी फण्डले ५ प्रतिशत, सिद्धिार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले ६ दशलमव ५ प्रतिशत, कुमारी धनबृद्धि योजनाले ६ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्डले कर सहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो वर्ष भने यस फण्ड आफ्ना इकाईधनीहरुलाई १२ प्रतिशत नगद लाभांश कर सहित वितरण गरेको थियो । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले गत आर्थिक वर्षको मुनाफाबाट अफ्ना इकाईधनीहरुलाई १० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो ।

लक्ष्मी उन्नती कोषले ९ दशलमव ५ प्रतिशत, लक्ष्मी इक्विटी फण्डले ८ प्रतिशत र एनआईबिएल सहभागिता फण्डको ४ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । नविल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई ९ दशलमव ६ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई कर सहति ५ प्रतिशतका दरले हुन आउने रकम ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

त्यस्तै, एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा सञ्चालित दुईवटा योजनाले पनि लाभांश घोषणा गरेका छन् । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/ ८०को मुनाफाबाट एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फन्डको लाभांश वितरण गर्ने निर्णय गरेको हो । क्यापिटलले कर सहित एनआईसी एशिया ग्रोथ फण्डका इकाइधनीहरुलाई १० दशमलव ५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डका इकाइधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रतिफल घोषणा गरेका कतिपय म्युचुअल फण्डहरुले भने आफ्ना इकाईधनीहरुलाई लाभांश वितरण गरिसकेका छन् । कतिले वितरण गर्ने तयारीमा छन् ।

होटल एण्ड टुरिजम
सोल्टी र ओरिएण्टल होटल्सले लाभांश घोषणा गरेका छन् । ओरियण्टल होटल्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाखको ५ दशलमव २६३२ प्रतिशतले हुन आउने ५ करोड ९३ लाख ७३ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त प्रस्ताव पारित गर्नकका लागि असोज २५ गते साधारण सभा आयोजना गर्ने जनाएको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।

त्यस्तै, सोल्टी होटल आर्थिक वर्ष २०७९/ ८० का लागि गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको कुल ३१.५८ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने वोनस शेयर र करसहित २६ दशमलव ५८ प्रतिशत नगद लाभांश रहेको छ ।

प्रस्तावित लाभाश अनुमोदन गर्न सोल्टी होटलले आफ्नो ४९ औं वार्षिक साधारणसभा पनि डाकेको छ । सभा आउँदो पुस २६ गते काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा भवनको प्रेक्षालयमा बिहान १०ः३० बजेबाट हुनेछ। सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन् ।

नन क्याटगोरी समुह
नन क्याटगोरी समुह अन्तर्गत हालसम्म ९ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । इक्रा नेपाल लिमिटेडले आर्थिक वर्ष २०७९/८०का लागि हाल कायम चुक्ता पुँजीको ५९ दशलमव १० प्रतिशतले हुन आउने नगद लाभांश(करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई कुल ४ करोड २५ लाख ५३ हजार ५३८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । उक्त लाभांश पारित गर्न कम्पनीले आफ्नो ११औँ वार्षिक साधारणसभा असोज २५ गते गर्ने भएको छ ।

चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्ट कम्पनीले आफ्ना शेयरधनीलाई ४ प्रतिशत बोनश शेयर र ० दशमलव २१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्डले १ दशलमव ०५ प्रतिशत नगद लाभांश दिने भएको छ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमले २० प्रतिशत बोनश शेयर र १ दशमलव ०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

त्यस्तै, आशुतोष इनर्जीले ७ दशलमव ५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । केयर रेटिङ नेपालले ८० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । नेशनल फण्ड म्यानेजमेन्टले ४ दशलमव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । नेपाल क्लीयरिङ हाउसले २८ दशलमव ५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने १ दशलमव ५ प्रतिशत नगद लाभाश वितरण गर्नेछ । पावर ट्रान्समिसन कम्पनीले १८ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।

मर्चेन्ट बैंक
हालसम्म ६ वटा मर्चेन्ट बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । जसअनुसार प्रभु क्यापिटलले ६ दशलमव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सिटिजन क्यापिटलले १२ प्रतिशत नगद लाभांश, सनराइज क्यापिटलले ३० प्रतिशत, कुमारी क्यासपटलले १५ प्रतिशत र एनआइसी एशिया क्यापिटलले ४६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । त्यस्तै, आरबीबी मर्चेन्ट बैंकिङले १३ दशलमव १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लघुवित्त वित्तीय संस्था
६ वटा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । यी लघुवित्त वित्तीय गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । हालसम्म युनिक नेपाल लघुवित्त वित्तीय संस्था,स्वावलम्बन लघुवित्त वित्तीय संस्था,आरएसडिसी लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था, सपोर्ट लघुवित्त र धौलागिरी लघुवित्तले लाभांश घोषणा गरेका हुन्।

यी कम्पनीहरुमध्ये सबैभन्दा बढी लाभांश युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै दोस्रोमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ३५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ०१०४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष को नाफाबाट हाल कायम चुक्ता पूँजी ८ दशमलव ६० प्रतिशत र कर प्रयोजनार्थ शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई नगद लाभांशमात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ ।

सपोर्ट लघुवित्तले आफ्ना शेयरधीलाई १३ प्रतिशत बोनश शेयर र ० दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । धौलागिरी लघुवित्तले १४ दशलमव २५ प्रतिशत बोनश शेयर र ० दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।
यी ६ लघुवित्त कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीह?को आगामी साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरूले प्राप्त गर्ने छन् ।

वाणिज्य बैंक
हालसम्म १० वटा वाणिज्य बैंकले मात्रै लाभांश घोषणा गरेका छन् । यी बैंकहरुले आफ्नो गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । अब १० वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी छ । बाँकी बैंकहरु पनि लाभांश घोषणाको तयारीमा जुटेका छन् ।

लाभांश घोषणा गर्ने बैंकहरुमा नबिल बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंक हुन् ।

नबिल बैंकले आर्थिक वर्ष २०७९/८० का लागि आफ्नो सञ्चित मुनाफाबाट ११ प्रतिशत नगद लाभांश अर्थात प्रतिसेयर ११ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ। यसपालि बैंकले बोनश शेयर भने वितरण नगर्ने भएको छ।

एनआईसी एशिया बैंकले चुक्ता पूँजीको कूल ३० दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये २९ प्रतिशत बोनश शेयर र १ दशमलव ५ प्रतिशत नगद लाभांश हो ।

त्यस्तै, एभरेष्ट बैंकले चुक्ता पूँजीको कूल २० दशलमव ५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनश शेयर र १० दशमलव ५३ प्रतिशत नगद लाभांश रहेको छ । सानिमा बैंकले चुक्ता पूँजीको कूल १४ दशलमव ७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ९ प्रतिशत बोनश शेयर र ५ दशमलव ७ प्रतिशत नगद रहेको छ ।

माछापुच्छ्रे बैंकले हाल कायम चुक्ता पूँजीको कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १३ दशमलव ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशलमव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सिटिजन्स बैंकले चुक्ता पूँजीको ५ दशलमव ७९ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई नगद लाभांश मात्रै वितरण गर्ने भएको छ । बैंकले कुल ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । बैंकले बुक क्लोज मिति तय गरेको छैन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव गरेको छ । बैंकले सो प्रस्ताव पारित गर्नका लागि मंसिर २४ गते सभा आब्हान गरेको छ । बैंकले मंसिर ७ गते बुकक्लोज गर्ने भएको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले सो प्रस्ताव पारित गर्नका लागि मंसिर २८ गते सभा बोलाएको छ । बैंकले साधारण सभा प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ ।

त्यसैगरी नेपाल एसबिआई बैंकले हाल कायम चुक्ता पूँजीको कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। कुलमध्ये ३.७५ प्रतिशत बोनश शेयर दिने भएको छ भने ६.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) दिने भएको छ ।

बैंकहरुले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसँगै कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । चालु आर्थिक वर्ष सुरु भएसँगै सूचिकृत कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् ।

यी लाभांश घोषणा गरेका बैंकहरुमध्ये ६ बैंकहरुले भने लाभांश तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरिसकेका छन् भने कतिपयले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् । स्ट्याण्डर्ट चार्टर्ड बैंक र ग्लोबल आइएमई बैंकले भने बुक क्लोज र साधारण सभाको मिति तय गरिसकेका छन् । नेपाल एसबिआई बैंक, नबिल बैंकको भने बुक क्लोज मिति तय हुन बाँकी छ ।

विकास बैंक
आर्थिक वर्ष २०७९/ ८० का लागि हालसम्म तीन विकास बैंकले मात्रै लाभांश घोषणा गरेका छन् । हालसम्म शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका हुन् ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३।१६ रुपैयाँको कुल ११ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १० दशमलव ५० प्रतिशतले हुन आउने ४४ करोड ९८ लाख ७ हजार ७३७.३८ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ शून्य दशमलव ५५ प्रतिशतले हुन आउने २ करोड ३६ लाख ७४ हजार ९१.४४ रुपैयाँ बराबरको नगद लाभांश छ ।

मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ दशलमव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५० प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २६३ प्रतिशत नगद गरी कुल ५ दशमलव २६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यी बैंकहरुले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । शाइन रेसुङगा डेभलपमेन्ट बैंकले भने बुक क्लोज मिति तय गरी साधारण सभा समेत डाकिसकेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले पनि बुक क्लोज मिति तय गरेको छ भने मितेरी डेभलपमेन्ट बैंकले बुक क्लोज मिति तय गरेको छैन । अझै पनि यी तिन वटै विकास बैंकको शेयर किन्नेले प्रस्तावित लाभांश पाउनेछन् ।

इन्भेष्टमेन्ट कम्पनी
दुई इन्भेष्टमेन्ट कम्पनीले आर्थिक वर्ष २०७९ /८० को लागि लाभांश घोषणा गरेका छन् । इमर्जिङ नेपाल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश घोषणा गरेका हुन् । इमर्जिङ नेपालले गत आर्थिक वर्षको मुनाफाबाट ८ दशमलव ४२११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४ दशमलव २१०५ प्रतिशत लाभांश दिने भएको छ ।

उत्पादन तथा प्रशोधन समुह
आर्थिक वर्ष २०७९ ८० को लागि तीन उत्पादन तथा प्रशोधन समुहले लाभांश घोषणा गरेका छन् । बोटलर्स नेपाल तराईले आफ्ना शेयरधनीलाई गत वर्षको मुनाफाबाट ६० प्रतिशत नगद लाभांश दिने भएको छ । त्यस्तै, मारुती सिमेन्टले आफ्ना शेयरधनीलाई १० प्रतिशत र यूनिलिभर नेपालले १५ सय ८० नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

हाइड्रोपावर कम्पनी
गत आर्थिक वर्षको नाफाबाट हालसम्म दुई हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन् । माण्डु हाइड्रोपावर र सानिमा माइ हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका हुन् । माण्डु हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९र०८० सम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले मंसिर १५ गते उक्त प्रस्ताव पारित सहित साधारण सभा बोलाएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मंसिर ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मंसिर ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

त्यस्तै, सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोशन शेयर र कर प्रयोजनको लागि ० दशलमव ५२६३ नगद गरि कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको असोज १५ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले उक्त प्रस्ताव पारित गर्नका लागि कार्तिक २३ गते साधारण सभा बोलाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS