IME Life

नेप्सेमा सामान्य सूधार, १ अर्बमाथिको शेयर कारोबार हुँदा ११९ कम्पनीको मुल्य बढ्यो

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । आज तिहारपछिको पहिलो कारोबार दिन सामान्य अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ३९ अंकले बढेर १,८५३ दशमलव ४८ को विन्दुमा कायम भएको छ । आज ११९ कम्पनीको शेयर मुल्य बढेको छ भने ११३ कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल्स एण्ड टुरिजम, उत्पादनमुलक एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्स र अन्य उपसूचक घटेका छन् ।

आज दिनभरिमा २८४ कम्पनीको ३३ लाख १९ हजार ५५८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटल्सको ६ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन्। कर्णाली डेभलपमेन्ट बैंकका लगानकिर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभनदा धेरै फरवार्ड माइक्रोफाइनान्स कम्पनी र सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS