Connect IPS
IME Life

सोल्टी होटलले कमायो १० करोड ३२ लाख नाफा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सोल्टी होटल लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार होटलले पहिलो त्रैमासमा १० करोड ३२ लाख नाफा कमाएको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ८ दशमलव ६८ प्रतिशत कम हो । उक्त अवधिमा होटलले ११ करोड २० लाख नाफा कमाएको थियो ।

गत आर्थिक वर्षमा होटलको आम्दानी ४१ करोड ३२ लाख आम्दानी भएकोमा चालू आर्थिक वर्षमा घटेर ३९ करोड ९६ लाखमा झरेको हो । त्यस्तै होटलको जगेडा कोष भने गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ३२ दशमलव ५७ प्रतिशत वृद्धि भएको छ ।

Prabhu
Crest

गत आर्थिक वर्षमा होटलले जगेडामा ९९ करोड ८७ लाख सञ्चिति रहेको थियो । यस चालू आर्थिक वर्षमा कम्पनीको जगेडा कोषमा रकम बृद्धि भई १ अर्ब ३२ करोड रुपैयाँ संचिती गरेको छ ।

त्यस्तै होटलको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १.१६ रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षमा होटलको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३३ पैसा थियो । पिई रेशियो ३३९.७४ गुणा रहेको होटलको प्रतिशेयर नेटवर्थ २४ रुपैयाँ ९७ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS