IME Life
GBIME

हाथवे इन्भेष्टमेन्टको आम्दानी घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ करोड १९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ५४ दशमलव ३६ प्रतिशत कमी हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिमा कम्पनीको खुद नाफा भने १ हजार ५५८.४९ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा ९ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ।

Crest

यस अवधिमा कम्पनीको कुल आम्दानी ५४ दशमलव १९ प्रतिशत घटेको छ भने कुल खर्च ७२ दशमलव ८५ प्रतिशत घटेको छ। १ अर्ब १७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७० करोड ७५ लाख रुपैयाँ सञ्चित छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। यस अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ४ पैसा बढेर ५ रुपैयाँ ४१ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८० रुपैयाँ २४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५२.४९ गुणा रहेको छ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS