Connect IPS
IME Life

फूडमाण्डुले मनायो आफ्नो १३औं वार्षिकोत्सव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालको पहिलो फूड डेलिभरी कम्पनी फूडमाण्डुले सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ । कम्पनीले यहाँसम्म आइपुग्दा फूडमाण्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो कोहिको लागि पहिलो रोजाई हुन सफल भएको बताएको छ ।

वार्षिकोत्सवका असरमा कम्पनीका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर मनोहर अधिकारीले फूड डेलिभरीलाई सहज बनाउने उद्देश्यका साथ १३ वर्ष अगाडिदेखि सेवा सुरु गरेको बताउँदै ग्राहकलाई स्वादिष्ट परिकार घरमै पुर्‍याउन र उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध रहेको उल्लेख गरे ।

Prabhu
Crest

त्यसैगरी, सोही कम्पनीका मार्केटिङ तथा ब्राण्ड प्रमुख श्याम रत्न मालीले फूडमाण्डु किशोरावस्थाको पहिलो वर्षमा प्रवेश गरिसकेको उल्लेख गर्दै कम्बोमा ५१ प्रतिशतसम्म छुट, बाइ वान गेट वान फ्री र अन्य थुप्रै रेस्टुरेन्टहरूमा २५ प्रतिशतसम्म फ्ल्याट छुटसहित विभिन्न अफरहरू रहेको बताए ।

कम्पनीले ९५ प्रतिशट फूडमान्डुको मोबाइल एपमार्फत आउने गरेको बताउँदै अहिलेसम्म ५लाख भन्दा बढीपटक एप डाउनलोड भइसकेको उल्लेख गरेको छ । यो संख्याले कम्पनीको स्थापनादेखि आजसम्म फूड अडरिङ ट्रेन्डमा भएको महत्वपूर्ण परिवर्तनलाई देखाएको छ । साथै कम्पनीले सुरुवातमा केवल १० वटा रेस्टुरेन्टहरू मात्र आवद्ध रहेकोमा हाल १ हजार ४०० वटा रेस्टुरेन्टहरू आवद्ध रहेको बताएको छ । कम्पनीमा २५० भन्दा बढी फुलटाइम राइडरहरू कार्यरत रहेको जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS