IME Life
Beema Board

प्रभु महालक्ष्मी लाइफको खुद बीमा शुल्क १ अर्ब १२ करोड, जीवन बीमा कोषमा ७ अर्ब ८६ करोडमाथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेको छ ।

४ अर्ब २९ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीकोे शेयर प्रिमियम वापत १ करोड ९३ लाख रुपैयाँ उठाएको छ । कम्पनीको महाविपत्ती कोषमा ७ करोड ९२ लाख रुपैयाँ रहेको छ । संचिती जगेडा कोषमा ५९ करोड ७१ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९ /८० को असार मसान्तसम्ममा कम्पनीको बीमा कोष ७ अर्ब ३२ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा यस समिक्षा अवधि असोज मसान्तसम्ममा कम्पनीको बीमा कोषको आकार बृद्धि भई ७ अर्ब ८६ करोड रहेको छ ।

Prabhu
Crest

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मा १० करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ५३ प्रतिशतले बढेको हो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब १५ करोड १५ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २ करोड ५७ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २ करोड ५० लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीले १ अर्ब १२ करोड ५८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५१ करोड २१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११९ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले १३ करोड ५१ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनील ७ करोड ८६ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैयाँ ३५ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ ११८ रुपैयाँ १४ पैसा रहेको छ । यस अवधिमा कम्पनीले २१ करोड ३९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । २ करोड २१ लाख सिंङगल प्रिमियम संकलन गरेको छ भने ९३ करोड ७६ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS