काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडले नयाँ साझेदार भित्र्याएको छ। एनआइसी क्यापिटलले रणनीतिगत लगानीकर्ताका रुपमा ट्रु नर्थ एशोसिएट्सलाई भित्र्याएको हो । यस सम्बन्धमा शुक्रबार सम्झाैता पत्रमा हस्ताक्षर र आदान प्रदान भएको छ।
एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत राेश कुमार न्याैपाने, एनआइसी क्यापिटलका अध्यक्ष सन्तोष कुमार राठी र ट्रु नर्थ एशोसिएट्सका अध्यक्ष सुमन जोशीले सम्झाैता पत्रमा हस्ताक्षर गरेका हुन् । एनआइसी एशिया क्यापिटल एनआइसी एशिया बैंकको सहायक कम्पनी हो ।
नयाँ साझेदार भित्रिएसँगै पब्लिक इक्वीटी र भेन्चर क्यापिटलमा अग्रणी स्थानमा रहने लक्ष्यलाई सहयोग पुग्ने विश्वास एनआइसी क्यापिटलले लिएको छ।