IME Life
GBIME

तिहार शुरु, आज पहिलो दिन काग तिहार मनाइदै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिन्दू धर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन आज काग तिहार मनाइदैछ ।

पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन धनवन्तरी त्रयोदशी मनाउने चलन छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । धार्मिक मान्यता अनुसार यमराजको सन्देश वाहकको रुपमा मानिएको कागलाई यमदूतकै रुपमा लिई पूजा अर्चना गरेर चोखो खानेकुरा दिने गरिन्छ ।

Crest

कागले अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा लिइन्छ । तिहारको पहिलो दिन आज कागको पुजा गरेर काग तिहार भनाएपछि चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, र म्हपूजा (आत्मपूजा) एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।

धार्मिक मान्यता अनुसार वैदिक कालमा भगवान विष्णु खुसी भइ बलिराजालाई कार्तिक कृष्णपक्षको अन्तिम पाँच दिन तीनै लोकको राज्यमाग गर्न पाएस भनी वरदार दिएको र अन्तिम पाँच दिन बलि राजाले आफ्नो राज्यभरि दीपावली गरेको कथासँग जोडिएको छ । यो पर्वको अवसरमा अधिष्ठात्री देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बासगरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन भन्ने मान्यता पनि रहने गर्दछ । यो अवसरमा यमराज खुसी हुन्छन भनी भगवान विष्णुले बलि राजालाई वारदान दिएको मानिन्छ ।

बलिराजाले राज्य गर्ने पाँच दिन यमराजले फुर्सद पाउने भएकाले आफ्नी बहिनी यमुनाकहाँ गई यमराजले बहिनी यमुनाको पूजागरी बस्त्र, आभुषणहरु दिएर भ्रातृस्नेह जनाएकाले यमपञ्चकको दिन दाजु भाइ र दिदिबहिनीले पूजागरी भाईटीका मनाउँदा दाजुभाइको आयु, कीर्ति, सुख र सम्पन्नतामा वृद्धि हुने विश्वास अनुरुप यमपञ्चकलाई विशेष श्रद्धाभक्तिपूर्वक धुमधामसँग मनाउने गरिन्छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS