IME Life
Beema Board

रिलायबल लाइफको अधिकांश सूचकमा उत्साहजनक प्रगति, जीवन बीमा कोष ८ अर्ब नाघ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचाकमा उत्साहजनक प्रगति देखिएको छ ।

४ अर्ब शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मा ११ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ८२ रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा सामान्य बढेको हो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले शेयर प्रिमिय मार्फत १ अर्ब ७५ करोड रुपैयाँ उठाएको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा १३ करोड ८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीकोे संचिती जगेडा कोषमा १ अर्ब १३ करोड ४७ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९ /८० को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष ५ अर्ब ९७ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा यस समिक्षा अवधि असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार बृद्धि भई ८ अर्ब पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब १ करोड ५१ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८९ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ८ करोड १५ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड १ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । कम्पनीले यस अवधिमा ९३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८५ करोड २९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि बृद्धि भएको छ ।

समिक्षा अवधिमा कम्पनीले ११ करोड ९२ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड २१ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको छ ।

कम्पनीले समिक्षा अवधिसम्ममा ३२ करोड ३६ लाख रुपैयाँ प्रथम बीमा शुलक आर्जन गरेको छ । कम्पनीले १ करोड ४७ लाख रुपैयाँ सिंगल प्रिमियम संकलन गरेको छ । कम्पनीले ६८ करोड ९१ लाख रुपैयाँ नविकरण मार्फत आर्जन गरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९४ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ७६ रुपैयाँ रहेको छ । सोल्भेन्सी रेसियो २.१६ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

89%

खुसी

0%

दु :खी

11%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS