IME Life

टिभिएस एनटर्क १२५ सीसी महा–एक्सचेन्ज महोत्सवमा सार्वजनिक, कति छ मुल्य ?

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको लागि टिभिएस् स्कुटर र मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस महा एक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सीसी ड्रम रातो रङमा सार्वजनिक गरेको छ । राम्रो माइलेज दिने एनटर्क १२५ सीसी ड्रममा स्मार्टकनेक्ट र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध छ ।

हिजोदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको टिभिएस महाएक्सचेन्ज महोत्सव आगामी शनिबारसम्म जारी रहनेछ । यस महोत्सवमा ग्राहकले कुनै पनि बाइक र स्कुटर टिभिएस ब्रान्डका प्रोटक्टसँग एक्सचेन्ज गर्दा ५०,००० रूपैयाँको थप एक्सचेन्ज भ्यालु पाउन सक्नेछन् ।

Crest

साथै यस महा एक्स्चेन्ज महोत्सवमा शुन्य प्रतिशत ब्याजदरमा २५ प्रतिशत सम्मको डाउन पेमेन्टमा टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्न सकिनेछ भने हेल्मेट, बाइक कभर र ब्याग पनि निशुल्क रुपमा प्राप्त गर्न सकिनेछ । त्यसै गरी यस महोत्सवमा नकिन्दा एक लाख र किन्दा ५ लाखसम्मको नगद छुट पनि प्राप्त गर्न सकिनेछ भने बम्पर उपहारमा १० लाखसम्म जित्न सकिनेछ । टिभिएस एनटर्क ड्रम रेडको मूल्य २ लाख ३५ हजार ९०० रूपैयाँ रहेको छ ।

शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले भने, “ग्राहकवर्गको उच्च मागलाई मध्यनजर गर्दै टिभिएस एनटर्क ड्रमलाई बोल्ड रातो कलरमा लन्च गर्न पाउँदा हामी हर्षित छौँ । सडकमा आफ्नो साहस देखाउन चाहने जो कोहीको लागि यो स्कुटर उपयुक्त हुनेछ । हाम्रा अमूल्य ग्राहकहरूका लागि उच्च गुणस्तरीय जीवनशैली सुनिश्चित गर्न थप रोमाञ्चक सवारी साधनहरू र अपग्रेडहरू ल्याउने प्रयासमा हामी निरन्तर लागिरहेका छौँ ।“

टिभिएस एनटर्क ड्रममा ९.४ पीएस पावर सहितको बलियो १२५ सीसी इन्जिन रहेको छ । यसको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कूटरको लोकेसन थाहा पाउन सजिलो बनाएको छ । स्लीक डिजाइन स्टेल्थ एयरक्राफ्टबाट प्रेरित यस स्कुटरमा राइड पनि स्मुद र सहज हुने कम्पनीले जनाएको छ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS