IME Life
GBIME

भुकम्प पीडितलाई महासंघद्वारा राहत सामग्री हस्तान्तरण

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शुक्रवार राती जा“जरकोट र रूकुम पश्चिममा गएको भुकम्पबाट पीडित जनताका लागि महासंघद्वारा राहत सामग्री पठाउने क्रम निरन्तर जारि छ । हालसम्म महासंघले करिब २२ लाख रुपैया बराबरको राहत सामाग्री हस्तान्तरण गरिसकेको छ । महासंघ कर्णाली च्याप्टर मार्फत कार्तिक १७ गते पहिलो चरणको राहत सामाग्री हस्तान्तरण गरिएको थियो । त्यसपछि कर्णाली च्याप्टर मार्फत नै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा दोस्रो चरणको राहत सामग्री हस्तान्तरण गरिएको थियो ।

महासंघले काठमाडौंमा गृहमन्त्रालयको विपत व्यवस्थापन समितिमार्फत कार्तिक २२ गते तेस्रो खेपको राहत सामाग्री हस्तान्तरण गरेको छ । महासंघले म्याट्रेस, टेन्ट, खाद्यान्न, लत्ता कपडा, औषधि, पानीसहितका सामाग्री प्रभावित क्षेत्रमा पठाइरहेको छ । यसैगरि अन्य संघसंस्था मार्फत संकलित राहत सामाग्रीलाई महासंघले सरकारको आग्रहमा ढुवानीमा सहजीकरण पनि गरिरहेको छ ।

Crest

महासंघले आफ्ना सबै सदस्य उद्योग वाणिज्य संघहरू, उद्यमी व्यवसायीहरू र व्यवसायिक संघ संस्थाहरूलाई उद्दार र राहतमा सहयोग गर्न आव्हान गरिसकेको छ भने सहयोग आउने क्रम जारी छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले मुलुक विपतमा परेका बखत सधै अग्रभागमा रहेर सहयोग प्रदान गर्दै आएको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS