IME Life
Beema Board

१० महत्त्वपूर्ण सूचकमा नबिल र ग्लोबल आइएमई बैंकलाई दाँजेर हेर्दा कुन देखियो तगडा ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल बैंक र ग्लोबल आइएमई बैंक व्यवसाय र नाफामा एक अर्कालाई टक्कर दिने बैंकमा पर्दछन् । दुबै बैंकले चालु आर्थिक वर्ष ८०/८१ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंक बीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययन :चुक्ता पुँजीको आधारमा : नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब ०५ करोड रहेको छ भने ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रहेको छ ।

जगेडा कोषको आधारमा : नबिल बैंकको जगेडा कोषमा २८ अर्ब ३९ करोड रहेको छ भने ग्लोबल आइएमई बैंकको जगेडा कोषमा २१ अर्ब १० करोड रहेको छ ।

Prabhu
Crest

रिटेन्ड अर्निङको आधारमा :  नबिल बैंकको रिटेन्ड अर्निङमा ३ अर्ब ६० करोड रहेको छ भने ग्लोबल आइएमई बैंकको रिटेन्ड अर्निङमा ३ अर्ब ३२ करोड रहेको छ।

निक्षेप र कर्जाको आधारमा : बैंकहरूले प्रकाशन गरेको आर्थिक वर्ष ८०/८१को प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा नबिल बैंकले ४ खर्ब १४ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ५३ अर्ब कर्जा प्रवाह गरेको छ भने ग्लोबल आइएमई बैंकले ४ खर्ब ४३ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ५७ अर्ब कर्जा प्रवाह गरेको छ ।

खुद ब्याज आम्दानीको आधारमा : चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नबिल बैंकले ४ अर्ब १७ करोड खुद ब्याज आम्दानी गरेकोमा ग्लोबल आइएमई बैंकले ४ अर्ब ८० करोड खुद ब्याज आम्दानी गरेको छ ।

संचालन नाफा : चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नबिल बैंकले २ अर्ब १२ करोड संचालन नाफा गरेकोमा ग्लोबल आइएमई बैंकले १ अर्ब ७९ करोड संचालन नाफा गरेको छ ।

खुद मुनाफा : आर्थिक वर्ष ८०/८१ को पहिलो त्रैमासको वित्तीय विवरणको आधारमा नबिल बैंकले १ अर्ब ४६ करोड खुद नाफा गरेकोमा ग्लोबल आइएमई बैंकले १ अर्ब २२ करोड खुद नाफा गरेको छ ।

किताबी मूल्य : नबिल बैंकको किताबी मूल्य २१८ रुपैयाँ २७ पैसा छ भने ग्लोबल आइएमई बैंकको किताबी मूल्य १६८ रुपैयाँ ३० पैसा छ ।

वार्षिक प्रति शेयर आम्दानी : वित्तीय विवरणको आधारमा नबिल बैंकको वार्षिक प्रति शेयर आम्दानी २१ रुपैयाँ ७२ पैसा छ भने ग्लोबल आइएमई बैंकको वार्षिक प्रति शेयर आम्दानी १३ रुपैयाँ ७१ पैसा छ ।

खराब कर्जा: नबिल बैंकको खराब कर्जा ३ दशमलव ६९ प्रतिशत हुँदा ग्लोबल आइएमई बैंकको ४ दशमलव ३८ प्रतिशत छ।

नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला ! माथिको समाचार शेयर कारोवार प्रयोजनका लागि होइन।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS