SKIP THIS

MLBL
IME Life
Beema Board

बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयद्वारा गोडैता नगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कार्तिक २१ गते सर्लाही जिल्लाको गोडैता नगरपालिकासँग, नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोडैता नगरपालिका वडा नं ११ का वडाध्यक्ष बिजय प्रसाद यादव, अतिथीको रुपमा विभिन्न वडाका वडाध्यक्षहरु र पालिकाका कृषि शाखा प्रमुख महेन्द्र प्रसाद कुश्वाहा रहेका थिए ।

Prabhu
Crest

उक्त कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक अनिश तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्राधिकरणका सागर आचार्यले राखेका थिए । उक्त कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधीहरु, कार्यपालिकाका सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु, अगुवा कृषकहरु, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरु र बीमकका शाखा कार्यालयका प्रतिनिधीहरु तथा महिला समुहका व्यक्तिहरु गरी करिब ९० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले बीमा र बीमा प्राधिकरणको बारेमा प्रस्तुतिकरण दिएकी थिइन् । प्रस्तुतिकरण पश्वातको छलफल कार्यक्रममा सहभागीहरुले कृषि तथा विभिन्न बालीहरुको बीमाका बारेमा, जीवन बीमाको बीमाङ्क रकम निर्धारण र बीमाशुल्क गणना बारे जिज्ञासा राखेका थिए । छलफलका क्रममा सहभागीहरुलाई अभिकर्ता र कम्पनीहरुले बीमा विक्री गर्ने समयमा सुविधा बारे व्याख्या गर्ने तर दावी भुक्तानी र अन्य बीमा सेवा प्रवाहका सम्बन्धमा सहजिकरण नभएको सम्बन्धमा गुनासो व्यक्त गरेका थिए ।

कृषकहरुले चोरीको अवस्थामा दावी भुक्तानी नपाउने व्यवस्थामा आपत्ति जनाउदै सो सम्बन्धमा आवश्यक संशोधन गर्न सुझाव दिएका थिए । केहि सहभागीहरुले बीमा गर्दा सहजै गर्ने तर दावी भुक्तानीको समयमा सानो सानो समस्या देखाइ दावी भुक्तानी नपाएको गुनासो राखेका थिए । साथै, केहि सहभागिहरुका अनुसार अभिकर्ताहरुले बीमा बारे गलत जानकारी दिई बीमा गराउने र अभिकर्ताहरुको भुमिका प्रभावकारी नभएको हुँदा सो बारे आवश्यक निर्देशनका लागि सुझाव दिएका थिए ।

कार्यक्रममा जीवन बीमक र निर्जीवन बीमकका प्रतिनिधिहरुले स्थानीय भाषामा बीमा सम्बन्धी जानकारी दिएका थिए । कार्यक्रममा गोडैता नगरपालिकाका कृषि शाखा प्रमुख महेन्द्र प्रसाद कुश्वाहाले हाल कायम रहेको कृषि सम्बन्धी मापदण्ड बारे विस्तृत जानकारी दिदै बीमा वास्तवमै हरेक नागरिकलाई आवश्यक रहेको र बीमा गर्न अनुरोध गरे ।

कार्यक्रमका प्रमुख अतिथि, वडा नं ११ का वडाध्यक्षले बीमा वास्तवमै आवश्यक रहेको र सबैले आफ्नो जीवनको र आफ्ना सम्पत्तीहरुको बीमा गर्नु पर्ने कुरा व्यक्त गर्नु भयो। बीमा बारे स्थानीय स्तरमा जचेतना अभिवृद्धि गर्न योगदान गरेकोमा नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमको समापनमा प्राधिकरणको मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले सहभागीहरुबाट प्राप्त भएको सुझावहरु प्राधिकरणले आगामी दिनहरुमा सम्बोधन गर्दै जाने र नगरपालिकालाई बीमा सम्बन्धी आवश्यक पर्ने सहयोग र परामर्शका लागि बीमा प्राधिकरण जुनसुकै समयमा पनि तयार रहेको ‍धारणा राखिन् ।

साथै बीमा गराउदै गर्दा सेवा शर्तहरु बुझि बीमा गर्न र बीमाशुल्क तिरे पश्चात अनिवार्य रुपमा रसिद लिन अनुरोध गर्दै बीमा कम्पनीका प्रतिनिधीहरुलाई समय समयमा पालिकामा आई आवश्यक समन्वय गर्नका लागि समेत अनुरोध गरिन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS