IME Life
Beema Board

सातामा करिब ३ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कतिले घट्यो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गत साताको तुलनामा यस साता शेयर बजार नेप्से परिसूचक २ दशलमव ९४ प्रतिशतले घटेको छ । गत साताको अन्तिम दिन नेप्से परिसूचक ४ अंकले घटेर १९०३ को विन्दुमा कायम भएको थियो भने यस साता नेप्से परिसूचक १० अंकले घटेर १८४७ दशलमव ७० को विन्दुमा कायम भएको छ । यस साता ५ कारोबार दिनमध्ये एक कारोबार दिन कार्तिक १३ गते मात्रै शेयर बजार बढेको थियो बाँकी ४ कारोबार दिन घटेको थियो ।

यस साता होटल एण्ड टुरिजम र उत्पादनमुलक उपसमूहको परिसूचक बाहेक सबै उपसूचक घटेका छन् । गत साताको तुलनामा यस साता बैंकिङ उपसमूहको परिसूचक २ दशलमव ९७ प्रतिशते घटेको छ । विकास बैंक उपसमूहको परिसूचक २ दशलमव ३५ प्रतिशतले घटेको छ । फाइनान्स उपसमूहको परिसूचक २ दशलमव ८० प्रतिशतले घटेको छ ।
त्यस्तै, होटल्स एण्ड टुरिजम उपसमूहको परिसूचक ० दशलमव ४७ प्रतिशतले घटेको छ । हाइड्रोपावर उपसमूहको परिसूचक ३ दशलमव ५७ प्रतिशतले घटेको छ । इन्भेष्टमेन्ट उपसमूहको परिसूचक २ दशलमव १५ प्रतिशतले घटेको छ । लाइफ इन्स्योरेन्स उपसमूहको परिसूचक ३ दशलमव ९० प्रतिशतले घटेको छ । उत्पादनमुलक एण्ड प्रोसेसिङ उपसमूहको परिसूचक ३ दशलमव ४५ प्रतिशतले घटेको छ ।

Prabhu
Crest

माइक्रोफाइनान्स उपसमूहको परिसूचक ३ दशलमव ११ प्रतिशतले घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ६ दशमलव ७९ प्रतिशतले घटेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतले घटेको छ । अन्य उपसमूहको परिसूचक १ दशलमव ९९ प्रतिशतले घटेको छ भने ट्रेडिङ उपसमूहको परिसूचक ५ दशलमव ६८ प्रतिशतले गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS