IME Life
Beema Board

३ महिनामा करोड माथिको नेल पोलिस आयात ! कुन देशको नेल पोलिस नेपालीको रोजाईमा ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिना ( साउन, भदौ र असोज) मा नेपालले १ करोड ८७ लाख बराबरको नेल पोलिस आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार ३ महिनामा ८ हजार ४२३ लिटर नेल पोलिस नेपाल आएको हो ।

नेपालले तीन महिनाको अवधिमा ५ देशबाट नेल पोलिस आयात गरेको छ । नेपालले चीन, भारत, दक्षिण कोरिया, ताइवान (चीन ) र टर्कीबाट नेल पोलिस आयात गर्ने गरेको छ । रकमको हिसाबले सबैभन्दा धेरै नेल पोलिस टर्कीबाट आएको छ । टर्कीबाट ७२ लाख २७ हजारको नेल पोलिस आयात हुँदा चीनबाट ६६ लाख ६३ हजारको नेल पोलिस आएको छ ।

Prabhu
Crest

परिमाणमा हेर्दा चीन बाट यो तीन महिनामा सर्वाधिक ५ हजार २७० लिटर आयात हुँदा भारतबाट १ हजार ८०५ लिटर आएको छ त्यस्तै टर्कीबाट १ हजार ३४४ लिटर आएको छ । यो तीन महिनाको नेल पोलिस आयातबाट राज्यले ९६ लाख ७७ हजार राजश्व संकलन गरेको छ ।

श्रोत : भन्सार विभाग

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS