IME Life
Beema Board

हिमालयन लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा छुट दिने भएको छ । साविकका प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरूमा छुटको व्यवस्था गरेको कम्पनीले जनाएको हो । कम्पनीले व्यतित बीमालेखहरू कात्तिक १० गतेदेखि २२ गतेसम्म नविकरण तथा पूनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने कम्पनीले जनाएको छ ।

३ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानामा शतप्रतिशत छुट, ३ वर्षभन्दा माथी ७ वर्षसम्म व्यतित बीमालेखमा ब्याज जरिवानामा ५० प्रतिशत र ७ वर्षभन्दा माथी जतिसुकै अवधिको व्यतित बीमालेखमा ब्याज जरिवानामा २५ प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

यस किसिमको व्यतित बीमालेख पूनर्जागरण गर्दा दिईएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र लागु हुने कम्पनीले जनाएको छ । कम्पनीबाट ब्याज जरिवाना छुट सुविधाको उपयोग गरी नविकरण गराईएका बीमालेखहरू नविकरण भएको मितिले दुई वर्षभित्र बीमित तथा प्रस्तावकहरूले नियमानुसार समर्पण गर्न चाहेकमा बीमालेख नविकरण गर्दा छुट प्रदान गरिएको ब्याज जरिवाना वापतको रकम कम्पनीबाट कट्टा गरिने कम्पनीको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS