IME Life
Beema Board

भारतः लगातार घाटामा रहेका सरकारी स्वामित्वको तीन निर्जीवन बीमकमा पूँजी थप्ने तयारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं ।  भारतको वित्त मन्त्रालयले सन् २०२४  को जनवरी-मार्च त्रैमासिकमा घाटामा रहेका सरकारी स्वामित्वका तीन निर्जीवन बीमा कम्पनी नेशनल इन्स्योरेन्स, ओरिएन्टल इन्स्योरेन्स र युनाइटेड इन्डिया एस्योरेन्स कम्पनीमा पूँजी थप्ने स‌ंभावना व्यक्त गरिएको रहेको छ। 

प्रेस ट्रस्ट अफ इन्डियाले तीन बीमा कम्पनीहरूको वित्तीय कार्यसम्पादनमा आधारमा राज्यले पूँजी थप गर्ने तयारी रहेको उल्लेख गरेको छ । सन् २०२२  मा पनि भारत सरकारले तीन बीमा कम्पनीलाई  ५० अर्ब भारतीय रुपैयाँ  पूँजी उपलब्ध गराएको थियो । योमध्ये नेशनल इन्स्योरेन्सलाई ३७ अर्ब भारतीय रुपैयाँ दिइएको थियो । यसैगरी ओरिएन्टल इन्स्योरेन्सलाई १२ अर्ब  भारतीय रुपैयाँ  र युनाइटेड इन्डिया  एस्योरेन्सलाई १ अर्ब भारतीय रुपैयाँ दिइएको थियो ।

Prabhu
Crest

तीनवटै निर्जीवन बीमा कम्पनीहरूलाई आफ्नो वित्तीय कार्यसम्पादन सुधार्न भनिएको छ । उनीहरूको सोल्भेन्सी अनुपात १५०% को न्यूनतम आवश्यक अनुपात भन्दा तल भएकाले थप पूँजी दिएर याे अनुपातमा सुधार गर्ने सरकारी प्रयास रहेको छ। बीमकसँग उपलब्ध रहेको सम्पत्ती र बीमकले तिर्नुपर्ने दायीत्ववापत बराबरको रकमको अनुपातलाई सोल्भेन्सी अनुपात भनिन्छ। यसले वित्तीय दायीत्वको तुलनामा बीमकसँग कति पर्याप्त खुद सम्पत्ती छ भन्ने आ‌ंकलन गर्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS