IME Life
Beema Board

हालको बजार मूल्य हेर्दा प्रस्तावित लाभांशमा शाईन कि सांग्रिलामा धेरै प्रतिफल ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दशैँ अघिसम्म दुई विकास बैंकले लाभांश घोषणा गरेका छन् ।  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको संचालक समितिको बैठकले १० दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश गरी जम्मा ११ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको संचालक समितिको बैठकले ५  प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश गरी जम्मा ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

दुई विकास बैंकमध्ये पछिल्लो बजार मूल्यको आधारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको डिभिडेण्ड इल्ड सबै भन्दा धरै देखिन्छ । कम्पनीको पछिल्लो बजार मूल्य ३६७ रुपैयाँ २० पैसाको आधारमा कम्पनीको प्रस्तावित ११ दशमलव ०५ प्रतिशत लाभांशलाई हेर्दा डिभिडेण्ड इल्ड ३ दशमलव ०१ प्रतिशत हुन्छ ।

Prabhu
Crest

त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको पछिल्लो बजार मूल्य २९१ रुपैयाँ १० पैसाको आधारमा कम्पनीको प्रस्तावित ५ दशमलव २६ प्रतिशत लाभांशलाई हेर्दा डिभिडेण्ड इल्ड १ दशमलव ८१ प्रतिशत हुन्छ ।

नोट : कम्पनीको बजार मूल्य र प्रस्तावित लाभांशलाई दाँजेर हेर्दा कुन कम्पनीको लाभांशमा आजको बजार मूल्यमा खरिद गर्दा धेरै प्रतिफल छ भन्नको लागि “डिभिडेण्ड इल्ड”बाट हेर्न सकिन्छ । उदाहरणको लागि कुनै कम्पनीको बजार मूल्य २०० रुपैयाँ छ र त्यो कम्पनीले १० प्रतिशत लाभांश दिँदै छ भने सो मूल्यमा शेयर खरिद गरेर लाभांश खादा ५ प्रतिशतको इल्ड प्राप्त हुन्छ। (अंकित मूल्य एक सय भएको अवस्थामा)

Disclaimer: उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला !

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS