IME Life
Beema Board

४३ कम्पनीले घोषणा गरे लाभांश, कुनले कति दिए शेयरधनीलाई प्रतिफल ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लाभांशको सिजन शुरु भएसँगै धमाधम कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई दिने लाभांश धमाधम घोषणा गरिरहेका छन् । आर्थिक वर्ष २०७९/८० को लागि हालसम्म ४३ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमध्ये ६ वटा वाणिज्य बैंक रहेका छन्। १९ वटा म्युचुअल फण्ड रहेका छन् । ४ माइक्रो फाइनान्स कम्पनी, एक विकास बैंक, एक होटल, एक हाइड्रोपावर कम्पनी, दुई उत्पादनमुलक कम्पनी, ६ वटा मर्चेन्ट बैंक, तीन नन क्याटागोरी कम्पनी रहेका छन् ।

म्युचुअल फण्ड
आर्थिक वर्ष २०७९ र८० को लागि हालसम्म १९ वटा म्युचुअल फण्डले आफ्ना इकाईधनीह?लाई दिने प्रतिफल घोषणा गरेका हुन् । अधिकांश फण्डको लाभांश अघिल्लो वर्षको तुलनामा गत वर्षमा बढेको छ । एनएमबि हाइब्रिट फण्ड एल १ ले इकाईधनीलाई १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । एनएबि ५० ले पनि १५ प्रतिशत, प्रभु सेलेक्ट फण्डले ९ दशलमव ५ प्रतिशत, सानिमा इक्विटी फण्डले १८ प्रतिशत, एनआइबिएल प्रगति फण्डले ६ दशलमव ८ प्रतिशत, सिटिजन म्युचुअल फण्ड २ ले ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् ।

Prabhu
Crest

त्यस्तै, सिद्धार्थ इक्विटी फण्डले ५ प्रतिशत, सिद्धिार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले ६ दशलमव ५ प्रतिशत, कुमारी धनबृद्धि योजनाले ६ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्डले कर सहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो वर्ष भने यस फण्ड आफ्ना इकाईधनीहरुलाई १२ प्रतिशत नगद लाभांश कर सहित वितरण गरेको थियो । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले गत आर्थिक वर्षको मुनाफाबाट अफ्ना इकाईधनीहरुलाई १० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो ।

लक्ष्मी उन्नती कोषले ९ दशलमव ५ प्रतिशत, लक्ष्मी इक्विटी फण्डले ८ प्रतिशत र एनआईबिएल सहभागिता फण्डको ४ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । नविल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई ९ दशलमव ६ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्षका लागि इकाईधनीह?लाई कर सहति ५ प्रतिशतका दरले हुन आउने रकम ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । फण्डको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

त्यस्तै, एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा सञ्चालित दुईवटा योजनाले पनि लाभांश घोषणा गरेका छन् । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र ८०को मुनाफाबाट एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फन्डको लाभांश वितरण गर्ने निर्णय गरेको हो । क्यापिटलले कर सहित एनआईसी एशिया ग्रोथ फण्डका इकाइधनीह?लाई १० दशमलव ५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डका इकाइधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रतिफल घोषणा गरेका कतिपय म्युचुअल फण्डहरुले भने आफ्ना इकाईधनीहरुलाई लाभांश वितरण गरिसकेका छन् । कतिले वितरण गर्ने तयारीमा लागेका छन् ।

होटल एण्ड टुरिजम
ओरियण्टल होटल्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाखको ५ दशलमव २६३२ प्रतिशतले हुन आउने ५ करोड ९३ लाख ७३ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त प्रस्ताव पारित गर्नकका लागि असोज २५ गते साधारण सभा आयोजना गर्ने जनाएको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।

इक्रा नेपाल लिमिटेडले आर्थिक वर्ष २०७९/८०का लागि हाल कायम चुक्ता पुँजीको ५९ दशलमव १० प्रतिशतले हुन आउने नगद लाभांश(करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई कुल ४ करोड २५ लाख ५३ हजार ५३८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । उक्त लाभांश पारित गर्न कम्पनीले आफ्नो ११औँ वार्षिक साधारणसभा असोज २५ गते गर्ने भएको छ ।

चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्ट कम्पनीले आफ्ना शेयरधनीलाई ४ प्रतिशत बोनश शेयर र ० दशमलव २१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, निफ्राले १ दशलमव ०५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

मर्चेन्ट बैंक
हालसम्म ६ वटा मर्चेन्ट बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । जसअनुसार प्रभु क्यापिटलले ६ दशलमव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सिटिजन क्यापिटलले १२ प्रतिशत नगद लाभांश, सनराइज क्यापिटलले ३० प्रतिशत, कुमारी क्यासपटलले १५ प्रतिशत र एनआइसी एशिया क्यापिटलले ४६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । त्यस्तै, आरबीबी मर्चेन्ट बैंकिङले १३ दशलमव १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लघुवित्त वित्तीय संस्था
चार लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । यी लघुवित्त वित्तीय गत आर्थिक वर्ष २०७९र८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । हालसम्म युनिक नेपाल लघुवित्त वित्तीय संस्था,स्वावलम्बन लघुवित्त वित्तीय संस्था,आरएसडिसी लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन ।

यी कम्पनीह?मध्ये सबैभन्दा बढी लाभांश युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै दोस्रोमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ३५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ०१०४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष को नाफाबाट हाल कायम चुक्ता पूँजी ८ दशमलव ६० प्रतिशत र कर प्रयोजनार्थ शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई नगद लाभांशमात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ ।

यी चार लघुवित्त कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीह?को आगामी साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरूले प्राप्त गर्ने छन् ।

वाणिज्य बैंक
आर्थिक वर्ष २०७९ /८० को लागि ६ वटा वाणिज्य बैंकले मात्रै लाभांश घोषणा गरेका छन् । यी बैंकह?ले आफ्नो गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । अब १३ वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी छ । एनआईसी एशिया बैंकले चुक्ता पूँजीको कूल ३० दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये २९ प्रतिशत बोनश शेयर र १ दशमलव ५ प्रतिशत नगद लाभांश हो ।

त्यस्तै, एभरेष्ट बैंकले चुक्ता पूँजीको कूल २० दशलमव ५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनश शेयर र १० दशमलव ५३ प्रतिशत नगद लाभांश रहेको छ । सानिमा बैंकले चुक्ता पूँजीको कूल १४ दशलमव ७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ९ प्रतिशत बोनश शेयर र ५ दशमलव ७ प्रतिशत नगद रहेको छ ।

त्यसैगरी माछापुच्छ्रे बैंकले हाल कायम चुक्ता पूँजीको कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १३ दशमलव ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशलमव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सिटिजन्स बैंकले चुक्ता पूँजीको ५ दशलमव ७९ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकहरुले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसँगै कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । चालु आर्थिक वर्ष सु? भएसँगै सूचिकृत कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् । हालसम्म डेढ दर्जन बढी कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीह?लाई नगद लाभांश मात्रै वितरण गर्ने भएको छ । बैंकले कुल ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । बैंकले बुक क्लोज मिति तय गरेको छैन् ।

विकास बैंक
यस अवधिसम्ममा शाइन रेसुङगा डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका छन् । शाइन रेसुङगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल ११ दशलमव ०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा १० दशलमव ०५ प्रतिशत बोनश शेयर दिने भएको छ भने ० दशलमव ५५ प्रतिशत नगद लाभांश दिने भएको छ । सांग्रिला डेभलपमेन्टले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २६३ प्रतिशत नगद गरी कुल ५ दशमलव २६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

यस अवधिसम्ममा एक हाइड्रोपावर कम्पनी सानिमा माइ हाइड्रोपावर कम्पनीले कुल १० दशलमव ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले १० प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने ० दशलमव ५२६३ प्रतिशत नगद लाभांश दिनेछ ।

(कम्पनीहरुले घोषणा गरेको लाभांश विवरणको आधारमा तयार गरिएको ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

17%

उत्साहित

8%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS