SKIP THIS

MLBL
IME Life
Beema Board

माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँड, १ लाख २८ हजार ४२० जनाले पाए शेयर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आज शुक्रबार बिहान आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आइपीओमा कुल ११ लाख ९० हजार २ सय ९६ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ८५ हजार ६ सय ४२ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । यस हिसाबमा ४६ सय ५४ जनाको आवेदन रद्द भएको छ ।

Prabhu
Crest

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । योग्य आवेदक रहेका ११ लाख ८५ हजार ६ सय ४२ जनालाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको हो । यस हिसाबमा गोलाप्रथाबाट १ लाख २८ हजार ४ सय २० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदकको भने हात खाली भएका छन् ।

कम्पनीले असोज १८ देखि असोज २२ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो । सानिमा समूह अन्तर्गतको कम्पनीको हो । कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

67%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS