SKIP THIS

MLBL
IME Life
Beema Board

बीमाकोष रित्याउँदा बंगलादेशका बीमकको काँधमा ४४ अर्ब भन्दा बढीको दायीत्व

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमितलाई भुक्तानी गर्नुपर्ने दायीत्व थेग्ने गरी पर्याप्त बीमाकोष र पुनर्बीमा व्यवस्थापन गर्न नसक्दा ब‌ंगलादेशको बीमा कम्पनीहरूले कूल ४४ अर्ब २२ करोड ५८ लाख टाका भन्दा बढीको बीमा दाबी गर्न बाँकी छ । अर्थ मन्त्रालयको वार्षिक कार्यसम्पादन सम्झौता (एपीए) को वित्तीय संस्था महाशाखाको हिस्साका रूपमा समावेश गरिएको बीमा क्षेत्र नियामक बीमा विकास तथा नियामक प्राधिकरण(आइडिआरएआइ) ले आर्थिक वर्ष २०२३-२४ को प्रतिवेदनमा बीमा दायीत्वबारे उल्लेख छ ।

प्रतिवेदनका अनुसार यो वर्ष जुलाईदेखि सेप्टेम्बरसम्मको तीन महिनामा कुल २३ अर्ब ८६ करोड ६३ लाख टाका बीमा दाबी भुक्तानी गरेका छन् । योमध्ये जीवन बीमकले २० अर्ब ५४ करोड २० लाख र निर्जीवन बीमकले ३ अर्ब ३२ करोड ४३ लाख टाका भुक्तानी गरेका हुन् । जीवन बीमकले अझै २९ अर्ब ९७ करोड ६६ लाख टाका दाबी भुक्तानी गर्न बाँकी छ ।

Prabhu
Crest

सरकारी स्वामित्वको जीवन बीमा संस्थानको भुक्तानी गर्न बाँकी दाबी रकम ४१ करोड ३२ लाख टाका रहेको छ । र निजी क्षेत्रका ३४ जीवन बीमा कम्पनीको बीमा दाबी गर्न बाँकी रकम २९ अर्ब ५६ करोड ३४ लाख टाका रहेको छ । अर्कोतर्फ निर्जीवन बीमा क्षेत्रमा दाबी गर्न बाँकी रकम १४ अर्ब २४ करोड ९३ लाख टाका  रहेको छ । यो मध्ये सरकारी स्वामित्वमा रहेको निर्जीवन बीमकको २ अर्ब ३४ करोड ९४ लाख टाकाको दाबी भुक्तानी गर्न बाँकी रहेको छ। र निजी क्षेत्रका ४५ निर्जीवन बिमा कम्पनीको बक्यौता दाबी रकम ११ अर्ब ८९ करोड ९९ लाख टाका छ ।

प्रतिवेदनको तथ्यांक अनुसार आर्थिक वर्ष २०२२-२३ को अन्त्यमा मुलुकको बीमा क्षेत्रमा ४५ अर्ब २९ करोड ५५ लाख टाका असुल हुन नसक्ने दाबी रकम रहेको थियाे । चालू आर्थिक वर्षको पहिलाे तीन महिना जुलाइ देखि सेप्टेम्बरसम्ममा २२ अर्ब ७९ करोड ६६ लाख टाकाको नयाँ बीमा दाबी दायीत्व सिर्जना भएको थियो । गत सेप्टेम्बर सम्ममा कुल बक्यौता दाबी रकम ६८ अर्ब ९ करोड २१ लाख रुपैयाँ पुगेको थियाे ।

प्राधिकरणको तथ्यांक अनुसार ब‌ंगलादेशमा जीवन बीमा कम्पनी ३५ र निर्जीवन बीमा कम्पनी ४६ सञ्चालनमा छन् । कमजोर नियामकीय भूमिकाका र भ्रष्टाचारका कारण बीमा कम्पनीको बीमा कोषवापतको रकम दुरुपयोग चरमोत्कर्षमा पुगेको छ। बीमकले कागजी घरजग्गामा लगानी गरेर ठूलो रकम दुरुपयोग गरेका छन् । ब‌ंगलादेशी बीमकले उच्च जोखिमयुक्त घरजग्गा व्यवसायको साथै कमजोर वित्तीय अवस्था भएका ब‌ै‌ंक वित्तीय संस्थामा बीमा कोषको रकम लगानी गरेर ठूलाे रकम डुबाएका छन् ।

भुक्तानी हुन बाँकी रहेको बीमा दाबीको ठूलो हिस्सा सीमित कम्पनीको मात्रै रहेको बीमा क्षेत्रका जानकारहरुको भनाई छ। इन्स्योरेन्सन्युज ब‌ंगलादेशका अनुसार सराेकारवालाहरूले ती कम्पनीको दाबी भुक्तानीलाई छिटो टुंगो लगाउन माग गरेका छन् । आवश्यक परेमा उनीहरूले बीमा कम्पनीहरूलाई आफ्नो सम्पत्ति बेचेर ग्राहकको दाबी भुक्तानी गर्न पनि सल्लाह दिइरहेका छन् ।

प्राधिकरणका प्रवक्ता जहाँगिर आलमले पछिल्लो तीन महिना (जुलाईदेखि सेप्टेम्बर) अवधिमा बीमा दाबी भुक्तानीको दर निकै राम्रो रहेको दाबी गर्दै यसले प्राधिकरणको वर्तमान प्रशासनको प्रयासको सफलतालाई धेरै हदसम्म संकेत गरेको प्रतिकृया दिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS