काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज २६ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० बाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले १५८० प्रतिशत नगद लाभांश अर्थात् प्रतिशेयर १५८० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १२ गतेदेखि मङ्सिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले मङ्सिर ११ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्ने छन् । कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ ।
1697431027055