SKIP THIS

MLBL
IME Life
Beema Board

बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयद्धारा गौरिगजं गाँउपालिकामा अन्तरक्रिया सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरण‚ कोशी प्रदेश कार्यालयले असोज २४ गते बुधबारका दिन झापा जिल्ला स्थित “गौरिगजं गाँउपालिकासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम गौरिगजं गाँउपालिकाका अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्यतामा तथा नेपाल बीमा प्राधिकरणका कोशी प्रदेश प्रमुख बिनोद कुमार पोखरेलको सभापतित्वमा गौरिगजं गाँउपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक पुष्पा खनालले स्वागत मन्तव्य दिएका थिए भने सहायक निर्देशक मेलिना खरेलले कार्यक्रम संचालन गरेका थिए । त्यस्तै नेपाल बीमा प्राधिकरणका कोशी प्रदेश प्रमुख बिनोद कुमार पोखरेलले कार्यक्रममा प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्थानीय कृषक, व्यवसायी, सहकारी तथा वित्त क्षेत्रका प्रतिनिधी लगायत बीमकका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।

Prabhu
Crest

नेपाल बीमा प्राधिकरणको प्रस्तुतीमा नेपाल बीमा प्राधिकरणको परिचय, काम कर्तव्य र अधिकार, बीमाको परिचय, बीमाको आवश्यकता र महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया, हालको बीमा बजारको अवस्था, बीमाको विकास तथा विस्तारको लागि स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरणको अपेक्षा लगायत विषयमा छलफल भएको थियो ।

कार्यक्रममा त्यस गाँउपालिकाका अध्यक्षले बीमा जोखिम व्यवस्थापनको महत्वपूर्ण औजार रहेको कुरा व्यक्त गर्दै यस कार्यक्रम पश्चात आफुमा बीमा तथा यसको महत्व र स्थानीय सरकारद्धारा स्थानीय बासिन्दालाई पुर्याउन सक्ने योगदानको बारेमा धेरै जानकारी प्राप्त भएको हुँदा यस गाँउपालिकामा बीमाको बिस्तारका लागि आफ्नो तर्फबाट विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस पालिकामा बीमाको लागि बजेट विनियोजन गरिएको भएता पनि बीमा सम्बन्धी स्पष्ट ज्ञान नहुँदा उक्त बजेट रकमको सही सदुपयोग गर्न नसकिएको कुरा जानकारी गराए । अध्यक्षले आगामी दिनमा पनि प्राधिकरणबाट प्राविधिक सहयोग प्राप्त गरी आगामी योजनामा बीमालाई समावेश गर्नुका साथै जनप्रतिनिधिहरु मार्फत स्थानीय बासिन्दाहरुमा समेत बीमा सचेतना अभिबृद्धि गर्न मद्धत पुग्ने कुरा व्यक्त गरे । साथै, यस क्षेत्रमा कृषि बीमाको विकास तथा विस्तार गरी सम्पूर्ण कृषकलाई यसको दायरामा ल्याउन आवश्यक रहेको विचार व्यक्त गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS