IME Life
Beema Board

बीमककाे वित्तीय विवरण सम्बन्धी नयाँ निर्देशिका जारी, २०७९/८० कै विवरणदेखि नै लागू हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०७९/८० काे वित्तीय विवरणका लागी समेत लागू हुने गरी वित्तीय विवरण निर्देशिका २०८० जारी गरेकाे छ । प्राधिकरणका अनुसार असाेज १६ गतेदेखि लागू गरिएकाे निर्देशिका अनुसार बीमकले गत आर्थिक वर्षकाे वित्तीय विवरण समेत तयार पार्नुपर्नेछ।

बीमककाे लगानी निर्देशिकामार्फत् परम्परागतरुपमा हुँदै आएकाे लगानीलाई विकेन्द्रित गर्न प्राेत्साहन दिएकाे प्राधिकरणले वित्तीय विवरण निर्देशिकामार्फत् नाफा वितरणमा अ‌ंकुश लगाई दिएकाे छ। पब्लिक लिमिटेड कम्पनीकाे शेयरमा लगानी गरेकाे तीन वर्षसम्म धिताेपत्र बजारमा सूचीकृत नभएमा लगानी बराबरकाे रकम वितरण याेग्य मुनाफाबाट घटाउनुपर्ने प्रावधानले बीमकलाई दबाबमा राख्ने भएकाे हाे । निर्देशिकाकाे १६ नम्बर निर्देशनमा पब्लिक कम्पनीकाे शेयरमा लगानी गरेकाे मितिबाट तीनवर्षसम्म धिताेपत्र बजारमा सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखा‌ङ्कन गरेकाे लगानी रकमलाई वितरण याेग्य मुनाफाबाट घटाउनुपर्ने प्रावधान छ। यसैगरी शेयर वा म्युचुअल फण्डमा गरेकाे लगानी प्रचलित कानून बमाेजिम धिताेपत्र बजारकाे सूचीबाट हटेमा वित्तीय विवरणमा लेखाङ्कन गरेकाे लगानीकाे रकमलाई वितरण याेग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने प्रावधान समेत निर्देशिकामा समेटिएकाे छ।

Prabhu
Crest

उच्च जाेखिम भएका कम्पनीमा हुने लगानीले नाेक्सानी भएर जीवन बीमा काेषमा क्षति पुग्न सक्ने जाेखिमलाई मध्यनजर गर्दै प्राधिकरणले वितरणयाेग्य मुनाफाबाट लगानी बराबरकाे रकम घटाउने प्रावधान लागू गरेकाे हाे । याे प्रावधानले बीमकलाई जाेखिमपूर्ण व्यापारमा जथाभावी लगानी गर्न अ‌ंकुश लगाउनेछ। साथै बीमा काेषमा क्षति पुग्न नदिनका लागी नियामकीय अंकुशकाे काम गर्नेछ । याे प्रावधानले लगानी विविधतामा जाेड दिएका बीमा कम्पनीले आफ्ना शेयरधनीलाई लामाे समयसम्म लाभांशबाट वञ्चित पार्ने अवस्था आउनेछ।

प्राधिकरणले बीमककाे लगानी सम्बन्धी निर्देशन २०७९ मार्फत् बीमित र शेयरधनीलाई लगानीमा उचित प्रतिफल दिलाउन जलविद्युत, सार्वजनिक पूर्वाधार, घरजग्गा, पर्यटन, हवाई सेवा लगायतकाे क्षेत्रमा लगानी गर्ने बाटाे खुल्ला गरिदिएकाे छ । यसै निर्देशिकाकाे प्रावधानलाई टेकेर बीमा कम्पनीहरुले कृषी कम्पनी, जलविद्युत, वैकल्पिक उर्जा, हाेटल, हाउजिङ र हवाई सेवा कम्पनीमा समेत लगानी गरिरहेका छन् ।

खराब कर्जाका लागि पनि प्राेभिजनिङ गर्नुपर्नेः

निर्देशिकाकाे १७ नम्बरमा बीमकले प्रवाह गरेको कुनै कर्जाको भाखा नाघेमा कर्जा रकम बराबरकाे रकम वितरण याेग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने प्रावधान समेटिएकाे छ। बीमकले वित्तीय विवरणमा कर्जाकाे इम्पेयरमेण्ट गरेकाेमा कर्जाकाे इम्पेयरमेण्ट गरेको रकम भन्दा भाखा नाघेकाे कर्जाकाे रकम बढी भएमा सो बढी रकमलाई वितरण याेग्य मुनाफा गणना गर्दा घटाउनुपर्नेछ।

यसबाहेक बीमकले पुराना लिन बाँकी हिसाबकाे आधारमा पनि वितरण याेग्य मुनाफाबाट असुल उपर हुन वा भुक्तानी प्राप्त हुन बाँकी रकम घटाउनुपर्ने भएकाे छ। निर्देशिकाकाे १८ नम्बरमा चार वर्षभन्दा लामाे सयमदेखि भुक्तानी नपाएकाे रकमकाे शत प्रतिशत, तीनदेखि माथि र चार वर्षभन्दा कम अवधिकाे रकमवापत पचहत्तर प्रतिशत, दुई भन्दा माथि र तीन वर्षभन्दा कम अवधिकाे रकमका लागी पचास प्रतिशत र एक वर्षभन्दा माथि दुई वर्षभन्दा कम अवधिकाे लिन बाँकी रकमवापत पच्चीस प्रतिशत रकम वितरण याेग्य मुनाफाबाट घटाउनुपर्नेछ ।

नयाँ निर्देशिकाकाे प्रावधानले लिनु दिनुपर्ने हिसाब चुस्त दुरुस्त नराख्ने र असुल उपर गर्नुपर्ने रकम समयमै असुली नगर्ने बीमकले आफ्नाे लगानीकर्तालाई वर्षाैसम्म पनि लाभा‌ंश वितरण गर्न नपाउने अवस्था आउन सक्छ। वितरण याेग्य मुनाफाबाट नै खराब कर्जा र खराब वा जाेखिमयुक्त लगानीकाे रकम बराबरकाे रकम व्यवस्था गर्नुपर्ने प्रावधान विशेषगरी जीवन बीमाकाेषकाे दुरुपयाेग हुन र क्षयीकरण हुनबाट जाेगाउन चाहिँ उपयाेगी हुनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS