SKIP THIS

MLBL
IME Life
Beema Board

बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्वारा राजदेवी नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले आर्थिक वर्ष २०८० /८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम असोज २२ गते रौतहट जिल्लाको राजदेवी नगरपालिकासँग, नगरपालिकाको सभा हलमा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथिको रुपमा राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादव, विशेष अतिथीको रुपमा नगर उपप्रमुख राजकुमारी देवी, र अतिथिको रुपमा प्रमुख प्रशासकिय अधिकृत प्रलव कायस्थ रहेका थिए ।

Prabhu
Crest

उक्त कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्राधिकरणका अनिश तिमिल्सिनाले गरेका थिए । उक्त कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधीहरु, कार्यपालिकाका सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु, अगुवा कृषकहरु, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरु र बीमकका शाखा कार्यालयका प्रतिनिधीहरु तथा महिला समुहका व्यक्तिहरु गरी ७० जना भन्दा बढीको सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा अनिश तिमिल्सिनाले बीमा र बीमा प्राधिकरणको बारेमा प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतिकरण पश्वातको छलफल कार्यक्रममा सहभागीहरुले कृषि तथा विभिन्न बालीहरुको बीमाका बारेमा जिज्ञासा राख्नु भएको थियो। छलफलका क्रममा कोरोना बीमाको दावी भुक्तानी नपाएको सम्बन्धमा समेत प्रश्न उठेको थियो।

साथै, पशु बीमालेखमा कस्ता कस्ता पशुहरुको र कति बीमाङ्क रकम सम्मको बीमा गर्न सकिन्छ भन्ने प्रश्न उठेको थियो। कृषकहरुले गाई तथा भैसिहरुको बीमाङ्क रकम परल मुल्य भन्दा कम भएको गुनासो व्यक्त गर्दै सो सम्बन्धमा आवश्यक संशोधन गर्न सुझाव दिएका थिए ।

कार्यक्रमका सहभागीहरुले यस्तो कार्यक्रमबाट बीमा सम्बन्धी चेतना भएको र आगामी दिनहरुमा आफूले लगाएको बाली तथा पशु चौपायहरुको बीमा गरी हुन सक्ने आर्थिक नोक्सानीबाट सुरक्षित रहन सकिने कुराको जानकारी पाएकोमा नेपाल बीमा प्राधिकरणलाई धन्यवाद दिए ।

छलफलमा उठेका प्रश्नहरुको जवाफ निर्मल खनाले दिएका थिए । साथै जीवन तथा निर्जीवन बीमकको प्रतिनिधीहरुले बीमाको बारे स्थानीय भाषामा जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि राजदेवी नगरपालिकाका नगर प्रमुखले बीमा वास्तवमै आवश्यक रहेको र सबैले आफ्नो जीवनको र आफ्ना सम्पत्तीहरुको बीमा गर्नु पर्ने कुरा व्यक्त गरे । साथै, वडाध्यक्षज्यूहरुलाई आफ्नो वडाहरुमा बीमा साक्षरता अभिवृद्धि गर्न कार्यक्रमबाटै निर्देशन दिए र नगरपालिकाले समेत बीमालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जाहेर गर्दै कार्यक्रम आयोजना गरि बीमा बारे स्थानीय स्तरमा जचेतना अभिवृद्धि गर्न योगदान गरेकोमा नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमको समापनमा प्राधिकरणको मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले सहभागीहरुबाट प्राप्त भएको सुझावहरु प्राधिकरणले आगामी दिनहरुमा सम्बोधन गर्दै जाने र नगरपालिकालाई बीमा सम्बन्धी आवश्यक पर्ने सहयोग र परामर्शका लागि बीमा प्राधिकरण जुनसुकै समयमा पनि तयार रहेको ‍धारणा राखेकी थिइन् । साथै बीमा कम्पनीका प्रतिनिधीहरुलाई समय समयमा पालिकामा आई आवश्यक समन्वय गर्नका लागि समेत अनुरोध गरिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS