Connect IPS
IME Life

मन्दीमा पनि एशियन पेन्ट्सकाे काराेबार बढ्याे,रू‍‍. ८ अर्ब ७४ कराेडकाे पेन्ट्स बिक्री

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । घरजग्गा काराेबारमा मन्दीका बावजुद र‌ंग उत्पादक कम्पनी एशियन पेन्ट्स नेपाल प्रालिले काराेबार र नाफा दुबैमा उल्लेख्य वृद्धि गरेकाे छ। एशियन पेन्ट्सले सार्वजनिक गरेकाे वर्ष २०२२-२३ काे वार्षिक प्रतिवेदन अनुसार गत आवमा काराेबार रकम १५‍.३ प्रतिशतले बढ्दा नाफा ४.८१ प्रतिशतले बढेकाे छ।

घरजग्गा काराेबारमा भएकाे मन्दीसँगै पेन्ट्स माग घट्दा पनि बजार रणनीति र उत्पादनमा नविनतासँगै एशियन पेन्ट्सले काराेबार विस्तारमा सफलता पाएकाे हाे । यद्दपी याे वृद्धिदर अघिल्ला वर्षहरूभन्दा कम हाे । कम्पनीका अनुसार गत वर्ष कूल ८ अर्ब ७४ कराेड ६४ लाख रूपैयाँ बराबरकाे पेन्ट्स बिक्री भएकाे छ । यति ठूलाे काराेबार हुँदा १ अर्ब ५२ कराेड रूपैयाँ खुद नाफा आर्जन भएकाे छ। काराेबार रकमकाे आधारमा नाफाकाे हिस्सा १७.४७ प्रतिशत हाे । एशियन पेन्ट्स समूह अन्तर्गतका अधिका‌ंश कम्पनीहरू घाटामा रहेका बेला गत वर्ष गरेकाे नाफामा एशियन पेन्ट्स नेपालकाे नाफाले ५० प्रतिशतभन्दा बढी याेगदान दिएकाे छ।

Prabhu
Crest

यसैगरी राेयल्टी इन्कम(सलामी दस्तुर) वापत एशियन पेन्ट्स नेपालले भारतीय माउ कम्पनी एशियन पेन्ट्स लिमिटेडले २७ कराेड ५० लाख रुपैयाँ भुक्तानी पाएकाे छ। यसबाहेक लाभा‌ंशवापत २२ कराेड ७५ लाख रूपैयाँ एशियन पेन्ट्सले कमाएकाे छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

0%

दु :खी

0%

अचम्मित

43%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS