Connect IPS
IME Life
Beema Board

सिटिजन्स बैंकको ऋणपत्रमा आजसम्म मात्र आवेदन दिन सकिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकले असोज १७ गतेदेखि विक्रीमा ल्याएको ऋणपत्रमा आजसम्म मात्र आवेदन दिन सकिने भएको छ । कम्पनीले असोज २१ गते एक सूचना जारी गर्दै कात्तिक १ गतेसम्म विक्रीको मिति तय गरेकोमा अब आज असोज २२ गते सूचना जारी गर्दै आजनसम्म मात्र विक्रीमा रहने जनाएको हो ।

१० वर्षे अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ नामको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित दरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेकोे हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।

Prabhu
Crest

सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

बैंकको ऋणपत्र तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन मार्फत समेत आवेदन दिन सकिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS