IME Life
Beema Board

मल्टीपर्पस फाइनान्सको हकप्रद बाँडफाँड, १ लाख ४२ हजार कित्ता लिलामीमा विक्री गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले भदौ १० गतेदेखि भदौ ३१ गतेसम्म विक्री गरेको ३५ प्रतिशत हकप्रद शेयर असोज १२ गते बाँडफाँड गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी ४५ करोड २० लाख रुपैयाँको आधारमा ३५ प्रतिशत अर्थात १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर कम्पनीले निष्काशन गरेको थियो ।

Prabhu
Crest

कम्पनीले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ४ हजार ३२८ जना शेयरधनीहरूमा १४ लाख ३९ हजार २२७ कित्ता हकप्रद शेयर बाँडफाँड गरेको हो । हकप्रद शेयर बाँडफाँडमा नपरेको रकम असोज १६ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामै रकमान्तर गरिने कम्पनीले जनाएको छ ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले साउन १२ गते एक दिन बुक क्लोज गरेको थियो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीले हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको १ लाख ४२ हजार ७७३ कित्ता हकप्रद शेयर लिलामी प्रक्रियबाट विक्री गरिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS